रोहिणी चियाबारीको चार्टर डिमाण्ड विषयमा प्रबन्धक पक्ष र युनियनमाझ सभा सम्पन्न

IMG-20250527-WA0252

खरसाङ: खरसाङको रोहिणी चियाबारीको चार्टर अफ् डिमाण्ड विषयमा मालिक पक्ष, प्रबन्धक पक्ष र हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनमाझ सभा सम्पन्न भएको छ। सर्वप्रथम रोहिणी चियाबारीको अवकाशप्राप्त श्रमिकहरुको ग्राजुएटी विषयमा धेरै दिनदेखि थाँतीमा रहेको ग्राजुएटीको राशि एक लाख गरेर सिनियर बेसिसमा दिने सभामा निर्णय गरिएको छ। यसलाई मालिक पक्षले पनि सहमति जनाएको छ। उक्त राशि आगामी जून महिनादेखि भुक्तान शुरु हुने भएको छ। बगानमा पीएफको कार्य गर्नलाई बगानको डीआर वर्करलाई प्रति महिना ४ हजार गरेर प्रदान गरिने भएको छ भने एकजना पीएफ स्टाफ ईन्टरभ्यु गरेर हालिने भएको छ जसको लागि युनियनको सहयोग मागिने भएको छ। बगानको स्थितिलाई ध्यानमा राखेर पानीवालाको बदलीमा मिल्टन कम्पनीको प्लास्टर वाटर बोत्तल वितरण गरिने भएको छ। बगानको अस्थायी श्रमिकहरुले‌ १ मईदेखि स्थायी श्रमिकको हाजिरा पाउने भएको छ। बगानको दुईजना चौकीदारलाई १ वर्षपछि बगानको तर्फबाट एलाउन्स दिने निर्णय भएको छ। ईएलपीको रुपियाँ जून महिनासम्म थथावत् ७ रुपियाँ रहने र जुलाई महिनादेखि ८ रुपियाँ गरिने भएको छ। बगानको श्रमिकहरुलाई जून महिनाको एक हप्ताहमा चप्पलको रुपियाँ, दाउराको रुपियाँ, त्रिपल र ब्लाङ्केटको रुपियाँ प्रदान गरिने भएको छ भनी हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिको सभापति सागर गुरुङले जानकारी गराएका छन्‌‌।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement