सिक्किम राज्यको विकासमा तिक्पुर माध्यमिक स्कूलको ठूलो योगदान रहेको छ: सी. पी. शर्मा

IMG_20220915_001552.jpg

सोरेङ: सरकारी माध्यमिक विद्यालय तिक्पुरले आयोजना गरिरहेको स्वर्ण जयन्ती समारोह सम्पन्न भयो। तेस्रो दिनको कार्यक्रममा मुख्यमन्त्रीका प्रेस सल्लाहकार सीपी शर्मा प्रमुख अतिथिको रूपमा उपस्थित रहेको थियो। वहाँको साथमा पूर्वमन्त्री रण बहादुर सुब्बा, सत्तारूढ एसकेएम पार्टीका पश्चिम सिक्किम कोषाध्यक्ष एलएन शेर्पा, सीएलसी अध्यक्ष टीका हाङ सुब्बा, स्वर्ण जयन्ती समारोह समितिका अध्यक्ष एवं तिक्पुर स्कूलकी प्रधानाध्यापिका मेरीगोल्ड लक्सम आदि उपस्थित थिए।

छोटकरीमा सम्बोधन गर्ने क्रममा मुख्यमन्त्रीका प्रेस सल्लाहकार सीपी शर्माले तिक्पुर स्कूल परिवारलाई स्थापनाको ५०औं वर्षगॉंठ एवं स्वर्ण जयन्तीको शुभकामना व्यक्त गरे। सिक्किम राज्यको विकासमा तिक्पुर माध्यमिक स्कूलको ठूलो योगदान रहेको बताउँदै समाज निर्माणमा स्कूलको भूमिका अतुलनीय रहेको सल्लाहकार शर्माले बताए।

स्मरण रहोस्, तिक्पुर स्कूलको सन् १९७२ सालमा कमिटी स्कूलको रूपमा स्थापना भएको थियो। फेरि १९७३ मा तिक्पुर स्कूलले सरकारी स्कूलको रूपमा मान्यता पाए। प्राथमिक स्कूलको रूपमा शैक्षिक यात्रा शुरु गरेको तिक्पुर स्कूल बढोतरी भएर १९९८ निम्न माध्यमिक स्कूल बने। पछि २००९ मा तिक्पुर स्कूललाई सरकारले बढोतरी गरेर माध्यमिक स्कूल बनाए। स्कूलको स्थापना भएको ५०औं वर्षगॉंठलाई केन्द्र गर्दै यहाँ भव्यरूपमा ९ दिवसीय स्वर्ण जयन्ती कार्यक्रम सम्पन्न भइरहेको छ।

स्वर्ण जयन्ती समारोह समितिले कार्यक्रमलाई थप आकर्षक बनाउन पुरुषवर्गको ब्लक स्तरीय खुल्ला फुटबल टुर्नामेन्टको आयोजना गरेको छ। उक्त टुर्नामेन्टमा मोठ १६ टिमले अंशग्रहण गरेको छ। यस फुटबल टुर्नामेन्टमा केवल दरामदिन समष्टिका टिमले मात्र अंशग्रहण गर्न पाउने छन्। यद्यपि, टिमका खेलाडीहरु भने राज्यका कुनै भागदेखि लिएर खेलाउने पाउने छन्।

आज पहिलो म्याचमा युनाइटेड फ्रेन्डस् र एनजीसीबीच भीडन्त भयो। उक्त म्याचमा एनजीसीले युनाइटेड फ्रेन्डसलाई एक गोलको विरुद्ध तीन गोलले परास्त गरे। यसरी नै दोस्रो म्याच एमएससी थोङलिङले इक्सा फुटबल क्लबलाई पराजित गरे।टुर्नामेन्टका विजेता दललाई आकर्षक ट्रफीसहित नगद राशि एक लाख पचास हजार रुपियाँ र उपविजेता दललाई ट्रफीसहित नगद राशि एक लाख रुपियाँ प्रदान गरिने जानकारी समितिले दिएको छ। यसरी नै वार्ड स्तरीय ब्याडमिन्टन टुर्नामेन्ट पनि राखिएको छ। उक्त टुर्नामेन्टका विजेता खेलाडीलाई ट्रफीसहित नगद राशि २० हजार रुपियाँ र उपविजेता खेलाडीलाई ट्रफीसहित नगद राशि १५ हजार रुपियाँले पुरस्कृत गरिने छ। प्राथमिक विद्यालय स्तरको खेलकुदमा विषेश गरी प्राथमिक पाठशालाका नानीहरुका लागि विभिन्न प्रकारका खेलकुद पनि आयोजना गरिएको छ। यो प्रतियोगितामा केवल सिक्ताम तिक्पुर ग्राम पञ्चायतभित्रका प्रथामिक पाठशाला र प्रताप इन्टरनेशनल स्कूलका विद्यार्थीहरुले सहभागी बन्न पाउने छन्। यसै क्रममा, दरामदिन समष्टि स्तरीय अन्तर विद्यालय तर्क प्रतियोगिता पनि आयोजना राखिएको छ। जस अन्तर्गत तर्क प्रतियोगितामा सम्बन्धित समष्टिका उच्चतर माध्यमिक विद्यालयले सहभागिता जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement