बालुवाटारमा ओली-देउवा गोप्य भेट: सत्ता सन्तुलनको रणनीति

IMG-20250527-WA0095

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा गोप्य तथा महत्त्वपूर्ण भेटवार्ता भएको।
यसअघि सिंहदरबारमा सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच छलफल भएको थियो। छलफल लगत्तै प्रधानमन्त्रि ओली र कांग्रेस सभापति देउवाले बालुवाटारमा छुट्टै भेट गरेका हुन्।
बालुवाटार स्रोतका अनुसार, देशको समसामयिक राजनीतिक अवस्थासँगै पछिल्ला समसामयिक राजनीति लगायत बिषयमा कुराकानी भएको छ। विशेषगरी गृहमन्त्री रमेश लेखकमाथि उठेका प्रश्नहरू छलफलको केन्द्रमा रहेको स्रोतले जनाएको छ।
राजावादी समूहले गणतन्त्र दिवसकै दिन प्रदर्शनको तयारी गरिरहदा अहिले सुरक्षा र सन्देशबारे पनि बिशेष चासो बढेको छ। प्रधानमन्त्रि ओली र कांग्रेस सभापति देउवा भेटमा सो विषयमा पनि गम्भीर कुराकानी भएको बताइएको छ ।
आगामी आर्थिक वर्षको बजेट नजिकिँदै गर्दा, बजेटको प्राथमिकता र सत्ता साझेदारबीचको समझदारी कायम गर्न पनि यो भेट भएको जनाईएको छ ।
भेटवार्ता औपचारिक जस्तो लागे पनि पछिल्लो राजनीतिक दबाब र सार्वजनिक असन्तुष्टिले यो भेटलाई विशेष अर्थपूर्ण बनाएको छ ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement