डिभाइन थियोलजिकल ओपन यूनिभर्सिटीले दिए चारजनालाई मानर्थ उपाधी

IMG-20250526-WA0226

गान्तोक: डिभाइन थियोलजिकल ओपन यूनिभर्सिटीले आइतबार नाम्चीमा आयोजित एक भव्य समारोहबीच समाजका चार विशिष्ट व्यक्तिहरुलाई मानद डक्टरेट उपाधिद्वारा सम्मानित गरेको छ। नाम्चीमा सञ्चालित उक्त यूनिभर्सिटीले भारतका विभिन्न प्रान्तमा रहेर समाजको विभिन्न क्षेत्रमा भगीरथ सेवा पुऱ्याउँदै आएका विशिष्ट व्यक्तित्वहरुलाई सम्मानित गरेको हो। मानद डक्टरेट उपाधि ग्रहण गर्ने व्यक्तिहरुमा उत्तर सिक्किम नागा निवासी निम छिरिङ लेप्चा छन्। लेप्चालाई समाज सेवामा पुऱ्याएको उल्लेखनीय योगदानको कदर गर्दै उपाधि प्रदान गरिएको हो। गान्तोक, सिच्चे लिङदिङ राई गाउँ निवासी टेकबहादुर सुब्बालाई नेपाली साहित्यको क्षेत्रमा मानार्थ उपाधि अर्पण गरिएको छ। साहित्यकार सुब्बा पछिल्ला लामो समयदेखि नेपाली साहित्यको सेवामा सक्रिय छन्। यूनिभर्सिटीले दार्जीलिङ जिल्लाको खरसाङ निवासी आशा मुखिया लामालाई पनि नेपाली साहित्यको उल्लेखनीय सेवाका लागि मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरेको छ। यसरी नै मिजोरमका किङ्ग गुणु घर्तीलाई मानार्थ उपाधिले सम्मानित गरेको छ। उनलाई सङ्गीतको क्षेत्रमा उक्त उपाधि हस्तान्तरण गरिएको थियो। घर्तीले यसभन्दा अघि २०१२मा बिहारको विक्रमशिला हिन्दी विश्वविद्यालयबाट विश्वविद्यालयाचस्पति उपाधि ग्रहण गरिसकेका छन्। समारोहमा यूनिभर्सिटीका कुलपति डा. मनोजकुमार राईले चार विशिष्ट व्यक्तिहरुलाई मानर्थ उपाधि अर्पण गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement