ब्राउन सुगरसितै एक व्यक्ति पक्राउ

IMG-20250526-WA0225

गान्तोक: गोप्य सूचनाको आधारमा सिङताम पुलिसले हिजो ब्राउन सुगरसहित एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा पर्ने आरोप ३२ नम्बरस्थित लोवर मार्ताम निवासी प्रणय राईकोरूपमा चिन्हित गरेको छ। पुलिस सूत्रले जानकारी गराएअनुसार विश्वस्नीय सूत्रले सिङताम पुलिसलाई एक व्यक्ति नशालु पदार्थ लिएर गान्तोकतर्फ स्कूटीमा गइरहेको सूचना दिएको थियो। उक्त सूचना पाउनसाथ सिङताम थानाका प्रभारी शेरबहादुर मंगरको नेतृत्वमा गएको टोलीले आरोपीलाई ३२ नम्बर नजिकको पुलबाट पक्राउ गरेको छ। आरोपीबाट पुलिसले २० ग्राम ब्राउन सुगर फेला पारेको छ। घटनाक्रम अनुसार आरोपी गान्तोकतर्फ ब्राउन सुगर बिक्री गर्न डब्ल्यूबी ७४- बीयू ४४९३ स्कूटीमा गइरहेको समयमा पक्राउ गरेको हो। आरोपीले २० पाउच ब्राउन सुगर लिएर गान्तोक गइरहेका थिए। पुलिसले प्रत्यक्षदर्शीहरूको उपस्थितिमा आरोपीबाट फेला परेको ब्राउन सुगर सिल गर्दै आरोपीविरूद्ध एनडीपीएस एक्ट १९८५ अन्तर्गत मुद्दा दर्ता गर्दै केरकार गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement