गेजिङमा जिल्ला नार्को समन्य समितिको बैठक

IMG-20250526-WA0224

गेजिङ: गेजिङ जिल्ला नार्को समन्वय समितिको मासिक समीक्षा बैठक आज गेजिङ जिल्ला प्रशासनिक केन्द्रको प्रेक्षागृहमा बस्यो। बैठक जिल्लापाल तेञ्जिङ डी. डेञ्जोङपाको अध्यक्षतामा सम्पन्न भयो। सभालाई सम्बोधन गर्दै जिल्लापालले गेजिङ जिल्लामा नशालु पदार्थ ओसारपोसार विरूद्ध कडारूपमा निगरानी गर्नुपर्ने निर्देश दिए। जिल्लापालले अवैधरूपमा नशालु पदार्थ गतिविधिलाई प्रभावकारीरूपमा नियन्त्रण गर्न जिल्लाभरि सतर्कता अप्नाउँदै नियमित निगरानी बढाउनुपर्ने आवश्यकतामाथि जोर दिए। विभिन्न विभागीय प्रमुख र सम्बन्धित विभागका प्रतिनिधिहरूले नशालु पदार्थ ओसारपसार र दुरुपयोगविरुद्ध जिल्लाले शुरू गरेको अभियानलाई सफल आपसी समन्वयमाथि जोर दिए। आज बसेको सभाले गेजिङ जिल्लालाई नशामुक्त गराउन विभागका अधिकारीहरूले प्रतिवद्धता जनाउनु पर्ने सुझाउ दिए। यस अवसरमा जिल्लापालले ३६ बटालियन एसएसबीका नयाँ कमाण्डेन्ट सञ्जीब कुमारलाई गेजिङ जिल्लामा स्वाग जनाए। आजको सभामा योक्सम महकुमा अधिकारी सीएस लिम्बू, गेजिङ जिल्ला पुलिस अधीक्षक सोनाम वाङदी भोटिया लगायत अन्य अधिकारीहरूको पनि उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement