मुख्यमन्त्री प्रेमसिंह तामाङ सिक्किम फर्किए

IMG-20250526-WA0223

गान्तोक: आधिकारिक भ्रमणको निम्ति दिल्ली गएका मुख्यमन्त्री प्रेमसिंह तामाङ आज सिक्किम फर्किएका छन्। उनले दिल्लीको भ्रमण सफल साथै फलदायक रहेको बताइका छन्। मुख्यमन्त्री आज बिहान बागडुग्रा हवाइ अड्डामा उत्रिने क्रममा प्रोटोकल यूनिट लगायत अन्य अधिकारीहरूले स्वागत जनाए। दिल्ली भ्रमणको क्रममा मुख्यमन्त्री तामाङले देशका प्रधानमन्त्री नरेन्द्र मोदीलाई सिक्किम राज्य स्थापनाको ५०औं वर्षागाँठ महोत्सवमा उपस्थितिका निम्ति निमन्त्रणा दिएका थिए। मुख्यमन्त्रीको निम्तोलाई स्वीकार्दै गर्दै प्रधानमन्त्रीले आगामी २९ मईको दिन राजधानीस्थित पाल्जोर स्टेडियममा आयोजना हुने समारोहमा भाग लिने वचन दिएका छन्। प्रधानमन्त्रीसँगै अन्य केन्द्रीय मन्त्रीहरूपनि उनका साथमा सिक्किम आउने तय भएको छ। दिल्ली भ्रमणको क्रममा मुख्यमन्त्री तामाङले नीति आयोगको १०औं गभर्निङ काउन्सिलको सभामा सहभागिता जनाएका थिए। जहाँ उनले भीजन सिक्किम २०४७ बारे आफ्नो वक्तव्य प्रस्तुत गरेका थिए। सोही प्रकारले राष्ट्रीय टेलिभीजन च्यानल इण्डिया टुडे ग्रूपद्वारा आयोजित स्टेटस अफ् द स्टेटस@५० कन्क्भवमा पनि उपस्थिति जनाएका थिए। यसरी नै मुख्यमन्त्री तामाङले भारत मन्डपमा आयोजित राइजिङ नर्थइस्ट इन्भेस्टर्ट समिट २०२५ र प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतमा सम्पन्न भएको एनडीएको बैठकमा पनि अंशग्रहण गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement