गान्तोक: हिमाचल प्रदेशको मनालीमा सञ्चालित अटल बिहारी बाजपेयी इन्सटीट्युट अफ् माउन्टेनेरिङ र एलाइड स्पोर्टसमा गत १३ मईदेखि शुरू भएको पर्वतारोहण प्रशिक्षणको निम्ति राज्यभरिका इएमआरएसमा अध्ययरत १० जना विद्यार्थी छनौट भएका छन्। गत १३ मईदेखि शुरू भएको यस पर्वतारोहण अभियान कार्यक्रम आगामी ७ जूनको दिन समाप्त हुने भएको छ। यस टोलीलाई सुन्तलेमा सञ्चालित एकलब्य मोडल रेसिडेन्सियल विद्यालयका शिक्षक मोहन प्रसाद बुढाथोकीले नेतृत्व गरेका छन् भने राज्यमा सञ्चालित इएमआरएसले योसँग तेस्रोपल्ट उक्त संस्थानमा पर्वतारोहणको अभ्यास गर्ने अवसर प्राप्त गरेको छ।