कृषि विभाग, कृषि विज्ञान केन्द्र र आइसीएआरको संयुक्त सभा

IMG-20250526-WA0221

पाकिम: कृषि एवं वागवानी विभाग, कृषि विज्ञान केन्द्र र आइसीएआरको संयुक्त पहलमा विकसित कृषि संकल्प अभियानलाई लिएर नाम्चेबुङको ग्राम प्रशासन केन्द्रमा एक समन्वय सभा सम्पन्न भयो। विशेष गरेर ग्रामीण क्षेत्रमा कृषि कार्यक्रम पुऱ्याउने लक्ष्य राखेर २९ मईदेखि १२ जूनसम्म कार्यक्रम शुरु गरिने तयारी भएको छ। कृषकहरूलाई कृषि क्षेत्रमा भएको विकास र दीर्गमिदायी अभ्यासबारे जागरूकता गराउने तयारीसंगै सरकारी सुविधाबारे पनि जानकारी गराउने भएको छ। आजको कार्यक्रममा एनएफएसएम डा. प्रताप सुब्बाको अध्यक्षतमा सम्पन्न भएको थियो। सभामा वरिष्ठ वैज्ञानिकहरु डा. प्रकाश शर्मा, अतिरिक्त निर्देशक एञ्जिला प्रधान लगायत विभिन्न विभागका अधिकारीहरूको उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै डा. प्रताप सुब्बाले विकसित कृषि संकल्प अभियानको रणनीति रोडम्यापको रूपरेखा प्रस्तुत गरे। जसमा क्षेत्रीय टोलीहरूको भूमिका र जिम्मेवारीहरूबारे जानकारी गराएका थिए। ग्रामीण कृषि परिदृश्य रूपान्तरणमा अभियानको महत्त्वलाई जोड दिँदै, उनले यसको उद्देश्य विकसित भारतको लागि कृषि अभियान रहेको उल्लेख गरे। उनले भनेअनुसार कृषि तथा बागवानी विभागका समर्पित टोलीहरूले केभीके र आइसीएआरसँग मिलेर जिल्लाको प्रत्येक ग्राम पञ्चायत यूनिटमा प्रत्यक्ष प्रदर्शन, प्राविधिक सत्र र अभ्यासलाई प्रभावकारी बनाउन किसान अन्तर्क्रिया कार्यक्रम आयोजन गर्नेछ। उनले जीपीयू भ्रमण गर्नको तयारी भइसकेको बताउँदै दिगो कृषि वृद्धि र ग्रामीण क्षेत्रलाई कृषिमा प्रवर्द्धन गर्न महत्वपूर्ण अभियान सञ्चालन गरिने बताए। संस्थागत सहयोगको साथ किसानहरूलाई सशक्त बनाउने दिशामा पनि काम गर्ने उल्लेख गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement