बंग्लादेशविरुद्ध म्याचको गल्तीहरू सुधार्न चाहन्छन् सुनिल छेत्री

IMG-20250526-WA0219

नयाँ दिल्ली: भारतका दिग्गज फूटबलर सुनिल छेत्रीले बताएअनुसार, उनको टीम २०२७ एशियन कप क्वालीफाईंग राउण्ड प्रतियोगितामा यस साल मार्चमा बंग्लादेशविरुद्ध गोलरहित ड्र-मा भएको गल्तीहरूलाई सुधार्न चाहन्छ। भारतलाई २५ मार्चमा शिलंगमा खेलिएको एशियन कप क्वालीफाईंगको तेस्रो चरणमा ग्रुप सी-को शुरुवाती म्याचमा आफूभन्दा तल्लो ऱ्याङकिंग भएको बंग्लादेशले गोलरहित ड्र-मा रोकेको थियो। यस परिणामले टीमका मुख्य प्रशिक्षक मनोलो मार्केजलाई निराश गरेको थियो। भारतको दोस्रो म्याच १० जूनमा हंगकंगविरुद्ध रहेको छ। म्याच हंगकंगको काई ताक स्पोर्ट्स पार्कमा हुनेछ। छेत्रीले बताएअनुसार, हंगकंगविरुद्ध म्याच टीमको निम्ति आफ्नो प्रदर्शनमा सुधार गर्ने मौका हुनेछ। उनले भने, बंग्लादेशविरुद्ध म्याचपछि हामीले आफू अनि देशलाई निराश गरेको मनमा भावना थियो। त्यस म्याचको रिप्ले हेर्दा मलाई हामीले एउटा टीमको रूपमा धेरै असल प्रदर्शन गर्न सक्थ्यौं जस्तो लाग्यो। बंग्लादेशविरुद्ध होम ग्राउण्डमा खेल्दै तालिकामा बढ़त हासिल गर्ने हामीसँग राम्रो मौका थियो। हामीले धेरै कुरा राम्रो गर्न सक्थ्यौं।
४० वर्षीय दिग्गज फरवर्डले एआईएफएफ (अखिल भारतीय फूटबल महासंघ)-द्वारा जारी विज्ञप्तिमा भनेका छन्, त्यस म्याचबाट केवल एक पोइण्ट हासिल गर्ने दोष मेरो विचारमा हामी खेलाड़ीहरूलाई नै जान्छ। हामीले त्यसबारे चर्चा गरेका छौं। हामीले म्याचको भीडियो हेऱ्यौं अनि आफ्नो गल्तीहरू सुधार्ने प्रतीक्षा गरिरहेका छौं। भारतीय टीम अहिले अभ्यास गरिरहेको छ अनि टीम ४ जूनमा थाईल्याण्डविरुद्ध अन्तर्राष्ट्रिय म्याचको निम्ति २८ मईमा पथुम थानी प्रस्थान गर्नेछ। भारतलाई २०२७ एशियन कप क्वालीफाईंग तेस्रो चरणको ग्रुप सी-मा बंग्लादेश, हंगकंग र सिंगापुरसँग राखिएको छ। होम र अवे आधारमा प्रत्येक टीमले ६-६ वटा गरेर म्याच खेल्ने अनि ग्रुपको शीर्ष स्थानमा रहने टीमले मात्र अघिल्लो चरणको निम्ति क्वालीफाई गर्नेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement