सिलगढी: अहिलेसम्म ‘मोदी है तो मुमकीन है’का नाराहरू सुनिन थालेका छन्। तर दार्जिलिङका सांसदले सानो होस् वा ठूलो, हरेक समस्या समाधान गर्न कसरी लागिपरेका छन्। त्यसपछि अहिले मानिसहरू भनिरहेका छन् कि यदि उनी सांसद भए भने सबै कुरा सम्भव छ। सांसदको अथक प्रयासले गर्दा राष्ट्रिय खुला विद्यालयमा माध्यमिक तहसम्म नेपाली भाषाको पाठ्यक्रम समावेश गरिएकोले हामी यो भनिरहेका छौं। सांसद राजु बिष्टले दार्जिलिङ नेपाली बालिका सामाजिक सेवा केन्द्र (DNGSSC) ले एक ज्ञापनपत्र पठाएऱ सो कुरा बताए। जसमा राष्ट्रिय खुला विद्यालय बोर्ड (NIOS) अन्तर्गत वरिष्ठ माध्यमिक तहमा नेपालीलाई विषयको रूपमा समावेश गर्न अनुरोध गरिएको थियो। यो कुरालाई सांसद बिष्टले गम्भीरतापूर्वक लिएँ। शिक्षा राज्यमन्त्री डा. सुकान्त मजुमदारसमक्ष यो मुद्दा उठाएँ ज्ञापन पत्रमा उल्लेख छ।
सो क्रममा सांसद बिष्टले जानकारी दिदै मजुमदारलाई मैले जोड दिएको थिएँ कि नेपाली हाम्रो संविधानको आठौं अनुसूची अन्तर्गत मान्यता प्राप्त २२ आधिकारिक भाषाहरू मध्ये एक हो, र वरिष्ठ माध्यमिक तहमा NIOS पाठ्यक्रममा यसलाई समावेश गर्न दृढतापूर्वक वकालत गरेको थिएँ। मलाई यो जानकारी गराउन पाउँदा खुसी लागेको छ भन्दै उनले NIOS का अध्यक्ष प्रोफेसर पंकज अरोडाबाट प्रतिक्रिया पाएको छु, जसमा मलाई जानकारी गराएका छन् कि, “राष्ट्रिय शिक्षा नीति (NEP) २०२० र राष्ट्रिय पाठ्यक्रम रूपरेखा (NCF) को दृष्टिकोण अनुरूप, राष्ट्रिय शैक्षिक अनुसन्धान तथा प्रशिक्षण परिषद् (NCERT) सबै अनुसूचित भाषाहरूमा पाठ्यक्रम सामग्री विकास गर्ने प्रक्रियामा छ र NIOS ले आफ्नो पाठ्यक्रम विकासलाई तिनीहरूसँग मिलाउनु पर्छ। त्यसैले यो व्यापक पाठ्यक्रम पहल पूरा हुने बित्तिकै कार्यान्वयन हुने बताए।
जस अनुसार वरिष्ठ माध्यमिक तहमा नेपाली भाषा समावेश गरिनेछ। NIOS मार्फत सिकाइने प्रमुख भाषाहरूमा नेपाली भाषाले चाँडै नै आफ्नो उचित स्थान पाउनेछ भन्ने कुरा थाहा पाउँदा खुशी लागेको सांसद बिष्ट बताउछन। उनले यो हाम्रो राष्ट्रको भाषिक र सांस्कृतिक विविधतालाई पहिचान गर्ने दिशामा एउटा महत्त्वपूर्ण कदम हो। यद्यपि, नीतिगत समावेशीकरण मात्र पर्याप्त छैन। हाम्रो भाषाको सक्रिय रूपमा प्रवर्द्धन, संरक्षण र प्रचार गर्नु हामी सबैको हातमा छ – शिक्षक, अभिभावक, संस्था, समुदायका नेता र व्यक्तिहरूको पनि दायित्व हो। भाषाहरू हाम्रो पहिचानको आत्मा हुन् र नेपाली भाषाको प्रवर्द्धन गरेर हामी हाम्रो सम्पदाको सम्मान मात्र गर्दैनौं तर भावी पुस्ताहरू आफ्नो जरासँग जोडिएको सुनिश्चित गर्ने बता ए।