खरसाङ: खरसाङ नगरपालिकाको अवकाशप्राप्त कर्मचारीहरु अन्तत: मैदानमा उत्रन बाध्य बनेका छन्। अवकाशप्राप्त सरकारी कर्मचारीहरुले पाउने आफ्नो हकको सराकारी सहुलियतहरु पेन्शन, ग्राजुएटी इत्यादि यतिका दिनसम्म पनि नपाएपछि उक्त अवकाशप्राप्त कर्मचारीहरुले खरसाङ नगरपालिका अवकाशप्राप्त कर्मचारी संगठन गठन गरेर गत महिना २ अप्रेलमा आफ्नो विभिन्न मांगहरु लिएर खरसाङ नगरपालिकाको बोर्ड अफ् एडमिनिस्ट्रेशनको चेयरम्यान ब्रिगेन गुरुङ र भाइस चेयरम्यान सुवास प्रधानलाई ज्ञापन बुझाएका थिए। यसको साथै यसै महिना पनि पुनः ज्ञापन पत्र बुझाएका थिए। तर उक्त ज्ञापन पत्रको कुनै प्रतिउत्तर नआएपछि यस विषयमा कर्माचारी संगठनले खरसाङ नगरपालिकाको कार्यालय परिसरमा साथै खरसाङ बजारको विभिन्न स्थानहरुमा पोष्टरिङ गरेको जानकारी प्राप्त भएको छ। आफ्नो मांग पूरा गर्ने मांगमा खरसाङ नगरपालिकाको अवकाशप्राप्त कर्मचारी संगठनले आजदेखि सडकमा उत्रेर विरोध शुरु गरेका छन्।

यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै पूर्व कर्मचारी प्रितमकुमार छेत्रीले उनीहरूको दोस्रो चरणको आन्दोलन अन्तर्गत पोष्टरिङ गरिएको र भोलिदेखि खरसाङ नगरपालिका कार्यालयमा धारणा प्रदर्शन गरिने पनि बताएका छन्।