सरकारी कर्मचारीहरूका लागि महॅंगाई भत्ताको थप किस्ता जारी गर्न राज्य सरकारले स्वीकृति प्रदान

photocollage_2022914235525170.jpg

गान्तोक: सरकारी कर्मचारीहरूका लागि महॅंगाई भत्ताको थप किस्ता जारी गर्न राज्य सरकारले स्वीकृति प्रदान गरेको छ। मुख्यमन्त्री प्रेमसिंह तामाङले आज आफ्नो आधिकारिक फेसबुक पेजमार्फत उक्त जानकारी दिएका छन्।

मुख्यमन्त्रीले खुशी व्यक्त गर्दै राज्य सरकारका कर्मचारीहरूलाई महॅंगाई भत्ता (डीए) र पेन्शनरहरूलाई महॅंगाई राहत (डीआर) को थप किस्ता जारी गर्न स्वीकृति प्रदान गरिएको जानकारी गराएका छन्। यो भत्ता र राहत ०१ जनवरी, २०२२ देखि जारी गरिने छ।

यसले मूल वेतन/पेन्शनको ३१ प्रतिशतको वर्तमान दरभन्दा ३ प्रतिशतको वृद्धि दर्साउॅंछ भनी उनले बताएका छन्। मुख्यमन्त्रीले दशैंअघि नै महॅंगाई भत्ता र महॅंगाई राहत जारी गरिने पनि जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement