ईण्डिया शोतो कप नेशनल कराँते च्याम्पियनशीपमा राईजिङ सन स्पोर्टिङ्ग कराँते क्लबका नानीहरुको उत्कृष्ट प्रदर्शन

IMG-20250526-WA0183

दार्जिलिङ: दार्जिलिङको गोर्खा रंगमञ्च भवनमा आयोजित ईण्डिया शोतो कप नेशनल कराँते च्याम्पियनशीपमा खरसाङको गिद्ध पहाडस्थित राईजिङ सन स्पोर्टिङ्ग कराँते क्लबका ११ जना नानीहरुले पनि भाग लिएका‌ थिए। ११ जना नानीहरुमा सबैले उत्कृष्ट प्रदर्शन गरेको जानकारी प्राप्त भएको छ। गिध्द पहाडस्थित राईजिङ्ग सन स्पोर्टिङ्ग कराँते क्लबका ११ जना नानीहरुमा रौनक सुनवार, आराध्या राई, भिययान थापा, विश्वदीप रिजाल, रेदिमा राई आदिले २-२ वटा गोल्ड जितेका छन्। त्यसरी नै लिनो रसाईली र सार्थक रसाइलीले गोल्ड र रजत प्राप्त गरेका छन्। त्यसरी नै ईशिता छेत्री र देवाङ्ग तामाङले रजत र काँस्य पदक जितेका छन् भने शिद छेत्रीले एउटा रजत र शुभ थामीले दुईवटा रजत पदक जितेका छन्। दार्जिलिङमा आयोजित ईण्डिया शोतो कप नेशनल कराँते च्याम्पियनशीपमा भारतको विभिन्न राज्यको कराँते खेलाडीहरुले‌ भाग लिएका‌ थिए। यसमा सिक्किम, पश्चिम बंगाल, तामिलनाडु, केरला, मध्य प्रदेश आदि राज्यका कराँते खेलाडीहरुले भाग लिएका‌ थिए।

उक्त राष्ट्रिय स्तरको खेलमा खरसाङको गिध्द पहाडस्थित राईजिङ्ग सन स्पोर्टिङ्ग कराँते क्लबका कराँते खेलाडी नानीहरुले भाग लिएर उत्कृष्ट परिणाम प्राप्त गरेकोमा प्रशिक्षक‌ अमीत छेत्रीले खुशी व्यक्त गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement