सुकना भेटरन्स च्याम्पियन

IMG-20250526-WA0168

रोहिनी: रोहिनी भेटरन्सको तत्त्वावधानमा आयोजित फोर्टी प्लस भेटरन फूटबल टुर्नामेण्टमा सुकना भेटरन्स च्याम्पियन बन्यो। रोहिनी लेकमा आइतवार खेलिएको फाइनल म्याचमा सुकना भेटरन्सले खरसाङ लीजेण्ड्सविरुद्ध ३-० ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट जगत छेत्रीले २ र कुमारले १ गोल गरे। यस सेवेन ए साइड टुर्नामेण्टमा जम्मा २८ वटा टीमले हिस्सा लिएको थियो। च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा २० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरियो। यसरी रनरअप हुने टीमलाई आकर्षक ट्रफीको साथमा १० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरियो।

सुकना भेटरन्स टीमका ललित थापा ले प्लेयर अव् द टुर्नामेण्ट, विनोद थापा ले बेस्ट गोलकीपर र जगत छेत्री ले हाईएस्ट स्कोरर को पुरस्कार जिते।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement