ईंग्लिश प्रीमियर लीगः च्याम्पियन लिभरपूलको साथमा आर्सनल जीतको साथ सीजनको समापन गर्न सफल

IMG-20250526-WA0129

लण्डन: ईंग्लिश प्रीमियर लीग फूटबल प्रतियोगिताको रोमाञ्चक सीजन आइतवार राति समाप्त भयो। अन्तिम दिन खेलिएको म्याचहरूमा लीग विजेता लिभरपूल ड्र-मा रोकियो भने उपविजेता आर्सनलले आफ्नो म्याच जित्यो। यसरी म्यानचेष्टर सिटी, चेल्सी र न्यूक्यासलले शीर्ष ५-मा रहेर च्याम्पियन्स लीगको आउँदो सीजनमा हिस्सा लिने अधिकार हासिल गऱ्यो। यसरी एस्टन भिल्ला र नटिंघम फरेष्टले चाहिँ आ-आफ्नो म्याच गुमाएर च्याम्पियन्स लीगमा खेल्ने मौका गुमायो। लीग विजेता लिभरपूल र क्रिस्टल प्यालेसबीच खेलिएको म्याच १-१-ले ड्र रह्यो। आफ्नो होम ग्राउण्ड एनफील्डमा ६९ प्रतिशत पोजेशनको साथ खेल्ने लिभरपूलले म्याचको शुरुमै गोल खायो। इस्माइला सारले नवौं मिनटमा गोल गरी क्रिस्टल प्यालेसलाई बढ़त दिलाए। त्यसपछि मीडफिल्डर रेयान ग्रावेनबर्चले ६८औं मिनटमा रेड कार्ड देख्दा लिभरपूल १० जना खेलाड़ीमा सीमित भयो। चरम दबाउबीच अनुभवी मोहामेद सालाहले ८४औं मिनटमा गोल गरी लिभरपूलबाट हारबाट बचाए। यस जीतपछि लिभरपूलले् ३८ वटा म्याचमा ८४ पोइण्ट्सको साथ शीर्ष स्थानमा रहेर घरेलु सीजनको समापन गऱ्यो। यसरी क्रिस्टल प्यालेस ५३ पोइण्ट्सको साथ १२औं स्थानमा रह्यो। यसरी लीग उपविजेता आर्सनलले रोमाञ्चक म्याचमा साउथम्प्टनविरुद्ध २-१-ले जीत हासिल गऱ्यो। यस अवे म्याचमा ६२ प्रतिशत पोजेशनको साथ खेल्ने आर्सनलबाट केइरान टिएर्नेले ४३औं र मार्टिन ओडेगार्डले ९०औं मिनटमा गोल गरे। यसरी साउथम्प्टनबाट रोस स्टीवार्टले ५६औं मिनटमा गोल गरे। आर्सनल ७४ पोइण्ट्सको साथ दोस्रो स्थानमा रह्यो।
यसबीच म्यानचेष्टर सिटीले फूलहामविरुद्ध २-०-ले जीतको साथ हताशाजनक सीजनको समापन गऱ्यो। यस अवे म्याचमा ५४ प्रतिशत पोजेशनको साथ खेल्ने गत सीजनको च्याम्पियन टीमबाट इल्काय गुण्डोगनले २१औं र एर्लिंग हालाण्डले ७२औं मिनटमा गोल गरे। यस जीतको साथ सिटीले ७१ पोइण्ट्सको साथ तेस्रो स्थान हासिल गऱ्यो। फूलहाम ५४ पोइण्ट्सको साथ ११औं स्थानमा रह्यो। प्रीमियर लीगको जारी सीजनमा दयनीय प्रदर्शन गर्ने म्यानचेष्टर युनाइटेडले पनि आफ्नो अन्तिम म्याचमा एस्टन भिल्लाविरुद्ध २-०-ले जीत हासिल गऱ्यो। म्याचमा एस्टन भिल्लाका स्टार गोलकीपर एमिलियानो मार्टिनेजलाई मध्यान्तरको ठीक अघि रेड कार्ड देखाइयो। आफ्नो होम ग्राउण्ड ओल्ड ट्रेफर्डमा ६७ प्रतिशत पोजेशनको साथ खेल्ने युनाइटेडबाट एमाड डिएल्लोले ७६औं र क्रिस्टियन एरिक्सेनले ८७औं मिनटमा गोल गरे। यस हारले गर्दा च्याम्पियन्स लीगमा खेल्ने मौका गुमाउने एस्टन भिल्ला ६६ पोइण्ट्सको साथ गोल अन्तरको आधारमा छैटौं स्थानमा रह्यो। यसरी म्यानचेष्टर युनाइटेडले ४२ पोइण्ट्सको साथ १५औं स्थानमा रहेर घरेलु सीजनको अन्त गऱ्यो। अन्य एउटा रोमाञ्चक म्याचमा चेल्सीले नटिंघम फरेष्टलाई १-०-ले पराजित गऱ्यो। यी दुवै टीमसँग म्याच जितेर च्याम्पियन्स लीगमा स्थान बनाउने मौका थियो, जसलाई चेल्सीले काममा लगायो।

विजेता टीमबाट लेवी कोलविलले ५०औं मिनटमा गोल गरे। यस जीतपछि चेल्सी ६९ पोइण्ट्सको साथ चौथो अनि नटिंघम फरेष्ट ६५ पोइण्ट्सको साथ सातौं स्थानमा रह्यो। केही दिन अघि मात्र यूएफा यूरोपा लीग जित्ने टोटनह्यामले चाहिँ ब्राइटनविरुद्ध १-४-ले हारको सामना गर्नु पऱ्यो। ब्राइटनबाट म्याचमा ज्याक हिन्सेलवूडले ५१औं र ६४औं मिनटमा २ गोल गरे। टोटनह्यामबाट एकमात्र गोल डोमिनिक सोलांकेले १७औं मिनटमा गरे। ब्राइटन ६१ पोइण्ट्सको साथ आठौं र टोटनह्याम ३८ पोइण्ट्सकको साथ १७औं स्थानमा रह्यो। अन्य म्याचहरूमा बोर्नमाउथले लिस्टर सिटीलाई २-०-ले, वेष्ट ह्यामले इप्सविच टाउनलाई ३-१-ले अनि एभर्टनले न्यूक्यासललाई १-०-ले पराजित गऱ्यो। न्यूक्यासल ६६ पोइण्ट्सको साथ गोल अन्तरको आधारमा पाँचौं स्थानमा रह्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement