मुख्यमन्त्री प्रेमसिंह तामाङद्वारा हिन्दी दिवसको शुभकामना

IMG_20220708_234950.jpg

गान्तोक: हिन्दी दिवसको मुख्यमन्त्री प्रेमसिंह तामाङले राज्यका जनता र देशवासीहरूलाई बधाई एवं शुभकामना व्यक्त गरेका छन्। यस अवसरमा मुख्यमन्त्रीले आफ्नो फेसबुक पेजमा हिन्दी भाषामा सन्देश दिएका छन्। मुख्यमन्त्रीले लेखेका छन्, आज १४ सेप्टेम्बरका दिन हिन्दी दिवस भव्यताका साथ मनाइनछ किनकि, आज कै दिन हिन्दी भाषालाई संविधान सभाद्वारा देशको आधिकारिक भाषा घोषित गरिएको थियो। हाम्रो देश भारत विविधि भाषाहरू, संस्कृतिहरू र परम्पराहरूले समृद्ध एक विशाल देश हो। हिन्दी एउटा यस्तो भाषा हो जसले हामी सबैलाई एकता र अखण्डताको सूत्रमा जोड्दछ। हिन्दी भाषाको हामी प्रणयका साथ सम्मान गर्छौ।
मुख्यमन्त्रीले अझ भनेका छन्, आज सिक्किम राज्यदेखि लिएर देशभरि आफ्नो भाषालाई बढ़ावा दिन हिन्दी साहित्यसित सम्बन्धित सत्र, साहित्यिक उत्सव आदि आयोजित गरिन्छ। कश्मीरदेखि लिएर कन्याकुमारीसम्म, साहित्यदेखि लिएर सिनेमासम्म, संसददेखि लिएर गाउॅं-समाजसम्म, सबै ठाउॅंमा हिन्दी भाषा संवादको ठूलो पूल बनेर अघि आउॅंछ।
मुख्यमन्त्रीले यस शुभ अवसरमा सिक्किममा हिन्दीका ती विद्वान, विदुषी, प्राद्यापकगण, शिक्षक र छात्रहरूको उल्लेख गरेका छन् जसले हिन्दीलाई मुख्य विषयको रूपमा लिएर अगाडि बढिरहेका छन् र सह्रदय अरूहरूलाई पनि शिक्षा प्रदान गरेका छन्। उनीहरूका योगदानकै फलस्वरूप आज हिन्दी भाषा विकसित भइरहेको पनि उनले बताएका छन्। उनले सबैमा हार्दिक बधाई एवं धन्यवाद पनि दिएका छन्।
मुख्यमन्त्रीले भनेका छन्, सिक्किममा हाम्रा धेरै नागरिकहरू यो भाषा बुझ्न अनि बोल्न सक्षम छन्, जसकारण उनीहरूलाई विभिन्न भाषा बोल्ने र देशका नागरिकहरूसॅंग संवाद गर्न सहज हुने गर्दछ। हिन्दी देशका सबैभन्दा असल संचार भाषा हो र सारा देशलाई जोड्नमा हिन्दी भाषाको महत्वबारे हामी अवगत हुनुपर्छ।
मुख्यमन्त्रीले तामाङले सबैलाई हिन्दीमा आदान-प्रदान गर्न प्रयास गरौं भन्दै यस भाषाको प्रचार प्रसारका लागि मनबाट मनन-चिन्न गरौं भनी आह्वान पनि गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement