कञ्चनजङ्घामाथि आरोहणलाई क्यापकाे घोर भर्त्सना

IMG-20240717-WA0003

गान्तोक: सिटिजन एक्सन पार्टी (क्याप) सिक्किमले कञ्चनजङ्घामाथि आरोहणलाई धार्मिक आस्था, सांस्कृतिक आत्मा र संवैधानिक सम्मानमाथि गरिएको गम्भीर अपमान ठहर गर्दै यसको घोर भर्त्सना जनाएको छ।
कञ्चनजङ्घा हाम्रो आस्था र यसको सम्मानसॅंग कहिल्यै सम्झौता हुँदैन भनी क्यापले
बताएको छ।
क्याप नेता जिग्मी वाङ्गेल भोटियाद्वारा आज जारी प्रेस विज्ञप्तिमा भनिएको छ, कञ्चनजङ्घा-सिर्फ एक हिमशृङ्खला होइन, यो सिक्किमको ह्रदय, हाम्रो पहिचान र हाम्रो आस्थाको प्रतीक हो। यसको शिखरमा पाइला टेक्नु केवल भौगोलिक आरोहण होइन, यो हाम्रो धर्म, संस्कृति र सामूहिक आत्मामाथि लात हान्नु सरह हो।
क्यापले भारतीय सेनाका केही सदस्यहरूले राष्ट्र सेवाको नाममा कञ्चनजङ्घाको शिखरमा चढेर फोटो खिचेको बताउॅंदै यस्तो कार्यले सम्पूर्ण सिक्किमेलीको भावना गम्भीर रूपमा आहत भएको बताएको छ। क्यापले कञ्चनजङ्घालाई ‘सेल्फी पोइन्ट’ बनाउने कार्यलाई स्वीकार्य गरिने छैन भनी स्पष्ट सन्देश दिएको छ। क्यापले सिक्किम सरकार र धार्मिक मामिला सम्बन्धी मन्त्रालयलाई पनि सचेत र सजग भएर काम गर्न आह्वान गरेको छ।
क्यापले तीनवटा माग पनि राखेको छ, जसमा कञ्चनजङ्घा शिखर चढ्न पठाउने, चढ्ने र फोटो सार्वजनिक गर्ने सबै व्यक्तिहरूलाई पहिचान गरी तत्काल कानुनी कारबाही गरिनु पर्ने, पवित्र स्थलहरूलाई ‘साहसिक पर्यटन केन्द्र’ बनाउने सोच र मानसिकता विरुद्ध कडा नीति अवलम्बन गरिनु पर्ने र यस्ता कार्य दोहोरिन नदिन राज्यस्तरीय चेताउनी, निगरानी र रोकथाम संयन्त्र तुरुन्त स्थापना गरिनु पर्ने माग सामेल छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement