मंगन: सिक्किम इन्स्पायर्सद्वारा सञ्चालित कार्यक्रममध्ये सिक्किम डिजाइन सप्ताहको दुई दिवसीय कार्यक्रमको समापन आज मंगनमा भयो। मंगन नगर पञ्चायत भवनमा आयोजित कार्यक्रममा वन विभागीय मन्त्री पिन्छो नामग्याल लेप्चा मुख्य अतिथि थिए। आफ्नो सम्बोधनमा मन्त्री लेप्चाले वाणिज्य तथा उद्योग विभागले स्थानीय युवाहरुको हितमा उठाएको प्रभावी पदक्षेपप्रति आभार व्यक्त गर्दै युवा प्रतिभा र जोशलाई दिगो व्यावसायिककोरूपमा रूपान्तरण गर्ने महत्त्वमाथि जोर दिए। उनले वर्तमान सरकारले रोजगार खोज्नेहरू भन्दा मालिक बन्ने अवसरहरू सिर्जना गरेको बताए। मन्त्री लेप्चाले युवा र आकांक्षी उद्यमीहरूलाई आफ्नो कलालाई लगनशीलताका साथ अघि बढाउने प्रोत्साहित गर्दै जीवनमा आइपर्ने विभिन्न प्रकारको चुनौतीहरूबाट निराश नहुन आग्रह गरे। उनले कार्यक्रम सफल बनाउन सहयोग र समर्पणको निम्ति सबै विभागीय, सहभागी र आयोजकहरूलाई धन्यवाद दिए। उनले विद्यार्थीहरूलाई शैक्षिक गतिविधिसँगै आफ्नो सिर्जनात्मकतालाई पनि संरक्षण गर्ने आग्रह गरे। कार्यक्रमलाई सम्बोधन गर्दै वाणिज्य एवं उद्योग विभागकी अतिरिक्त सचिव छोडेन ग्याछोले सहभागीहरूलाई स्वागत गर्दै यस पहलले सिक्किमको रचनात्मक अर्थतन्त्रलाई प्रवर्द्धन गर्ने महत्वपूर्ण पहल रहेको बताए। उनले ‘मेरो जिल्ला मेरो गौरव’ अभियानबारेमा जानकारी गराउँदै क्षेत्रीय पहिचान र रचनात्मकतामाथि प्रमुखता दगिनुपर्ने उल्लेख गरे।