एनडीएको बैठकमा मुख्यमन्त्री तामाङ

IMG-20250525-WA0267

कोभिड र प्राकृतिक आपदामा केन्द्र सरकारको सहयोगप्रति मुख्यमन्त्री आभारी

गान्तोक: देशका प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा आज नयाँ दिल्लीमा सम्पन्न भएको नेश्नल डेमोक्रेटिक एलायन्स (एनडीए) को उच्चस्तरीय बैठकमा मुख्यमन्त्री प्रेम सिंह तामाङले सहभागिता जनाए। यस अवसरमा भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डा, केन्द्रीय गृहमन्त्री अमित शाह, केन्द्रीय रक्षामन्त्री राजनाथ सिंह लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो। सभालाई सम्बोधन गर्ने क्रममा मुख्यमन्त्री तामाङले विशेष गरेर कोविड-१९ महामारी र प्राकृतिक प्रकोप जस्ता संकटको समयमा केन्द्र सरकारले दिएको सहयोग र मार्गदर्शनको लागि प्रधानमन्त्रीप्रति हार्दिक आभार प्रकट गरे। उनले प्रधानमन्त्रीको नेतृत्वलाई “साँच्चै अनुकरणीय” रहेको भन्दै प्रशंसा पनि गरेका छन्। वर्ष २०१४ देखि उत्तर-पूर्वी क्षेत्रको रूपान्तरणलाई प्रकाश पार्दै, मुख्यमन्त्रीले प्रधानमन्त्री मोदीको गतिशील नेतृत्वमा यस क्षेत्रले उल्लेखनीय विकास गरेको उल्लेख गरे। “केन्द्रीय मन्त्रीहरूको नियमित भ्रमणले सिक्किम राज्यप्रति केन्द्र सरकार इमान्दार रहेको प्रतिबद्धता पुष्टी भएको बताए। उनले थप जानकारी गराए अनुसार पूर्व सरकारलमा केवल राजनीतिक मञ्चकोरूपमा हेरिएको उत्तर-पूर्वी राज्य अहिले विकासको केन्द्रकोरूपमा देखापरेको छ। सिक्किम राज्यले स्थापनाको स्वर्ण जयन्ती मनाउँदै गर्दा, मुख्यमन्त्रीले प्रधानमन्त्री र भाजपाका वरिष्ठ नेतृत्वलाई उनीहरूको निरन्तर सद्भाव र समर्थनको लागि विशेष धन्यवाद दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement