आईपीआर विभाग मन्त्री बीएस पन्तसॅंग भेट

IMG_20220914_234359.jpg

गान्तोक: आज आईपीआर विभाग मन्त्री बीएस पन्तसॅंग सिक्किम फिल्म प्रमोशन बोर्ड (एसएफपीबी) की चेयरपर्सन पूजा शर्मा, एसएफपीबी अधिकारीहरू र सिक्किमका कलाकारहरूले उनको कार्यालयमा भेट गरे। आईपीआर विभागको कार्यभार सम्हालेकोमा टोलीले मन्त्रीलाई खदा लगाइदिएर बधाई दिए।
यस भेट अवधि कलाकारहरूले मन्त्री समक्ष आफ्ना गुनासोहरू राखे तथा उनीहरूले दैनिक रूपमा झेल्न परिरहेका समस्याहरूमाथि प्रकाश पारे। मन्त्रीले उनीहरूका कुराहरू सुनेपछि त्यसमाथि प्राथमिकताको आधारमा काम गर्ने आश्वासन दिए।
चेयरपर्सन श्रीमती शर्माले पनि मन्त्रीलाई बोर्डको कामकाजबारे अवगत गराइन्। मन्त्री पन्तले पनि धैर्यपूर्वक कुराहरू सुनेपछि राज्यका कलाकारहरू र फिल्म निर्माताहरूको कल्याणका लागि मिलेर काम गर्न आह्वान गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement