महकुमा स्तरीय अन्तर स्कूल फूटबल: सेण्ट अल्फन्सस र सेण्ट एन्थोनीस स्कूल सेमिफाइनलमा

IMG_20220525_164617.jpg

२५ मई: खरसाङ फुटबल एसोसिएसन (केएफए)-को तत्वावधानमा स्थानीय मन्टभियट खेल मैदानमा जारी महकुमा स्तरीय इण्टर स्कूल नक् आउट फूटबल टुर्नामेण्टको दोस्रो दिन आज दुईवटा म्याच भयो। दिनको पहिलो म्याचमा सेण्ट अल्फन्सस स्कूलले तीनधारे हाई स्कूललाई सजिलै ८-२ गोलले पराजित गऱ्यो। म्याचमा विजेता टीमबाट राहुल बर्मनले ह्याट्रिक दर्ता गरे। यसबाहेक सिद्दल तामाङले २ तथा अयुष तामाङ र रोनित तामाङले १-१ गोल गरे। एक गोल आत्मघाती रह्यो। यसरी नै तीनधारे हाई स्कूलबाट दुवै गोल गौरव तामाङले छिराए। यसरी नै दोस्रो म्याचमा सेण्ट एन्थोनीस स्कूलले सेण्ट जेभियर्स दिलारामलाई ३-० गोलले पराजित गऱ्यो। विजेता टीमबाट वाङगेल तामाङ, राजा भट्टाचार्य र रोहन छेत्रीले १-१ गोल गरे।
आजका म्याचहरुमा मुख्य रेफरीहरु प्रतीक गुरुङ अनि बिरेन राई थिए भने सहायकको भूमिकामा विशाल राइ अनि उज्जवल लामा रहेका थिए। यस महकुमा स्तरीय इण्टर स्कूल फूटबल खेलमा जम्मा ८ वटा स्कूलहरुले अंशग्रहण गरेका छ्न र फाइनल म्याच आगामी २९ मईमा हुनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *