मलेशिया मास्टर्सको फाइनलमा हारे श्रीकान्त

IMG-20250525-WA0259

नयाँ दिल्ली: भारतका किदाम्बी श्रीकान्त आइतवार मलेशिया मास्टर्स सुपर ५०० ब्याडमिण्टन टुर्नामेण्टको फाइनलमा हारे अनि उपविजेता रहे। उनले पुरुष एकलको फाइनलमा चीनका विश्वका चौथो नम्बरका खेलाड़ी ली शी फेंगविरुद्ध सीधा गेममा हारको सामना गर्नु पऱ्यो। खराब फर्म र चोटको समस्याबाट मुक्ति पाएर श्रीकान्तले मलेशिया मास्टर्समा असाधारण प्रदर्शन गरे। यस ३२ वर्षीय खेलाड़ीले ६ सालमा पहिलोपल्ट कुनै बीडब्ल्यूएफ वर्ल्ड टूर फाइनलमा स्थान बनाए। उनले टुर्नामेण्टमा क्वालीफायरबाट शुरु गरेर फाइनलसम्मको यात्रा तय गरे। फाइनलमा चाहिँ विश्वका पूर्व नम्बर एक खेलाड़ीको प्रदर्शनमा अनियमितता रह्यो अनि उनले दोस्रो वरीयता प्राप्त खेलाड़ी ली को मजबूत डिफेन्सलाई तोड़्न संघर्ष गर्नु पऱ्यो। उनले मौकाहरूको सदुपयोग गर्न सकेनन् अनि अन्तमा ३६ मिनटमा ११-२१, ९-२१-ले पराजित भए। फाइनलमा पराजित भए पनि श्रीकान्तको प्रदर्शन प्रेरणादायी रह्यो। उनले यस महिनाको शुरुवातमा विश्व ऱ्याङकिंगमा ८२औं नम्बरमा पुगेपछि विश्वलाई आफ्नो क्षमताको याद दिलाउन धैर्य र क्लास देखाए। श्रीकान्त यसअघि अन्तिमपल्ट २०१९ इण्डिया ओपनको फाइनलमा पुगेका थिए अनि त्यस समय पनि उनी उपविजेता रहेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement