केन्द्र सरकारले मन बनाए जनजातिको मुद्दा पार लाग्नेछ: अनित थापा

Chhetriya-Samachar-2

मिरिक: किराँत खम्बु राई साँस्कृतिक संस्थानकाे आयाेजनामा शनिबारदेखि मिरिक आले खेल मैदानमा पालन गरिएकाे दुई दिवसीय साकेला उत्सवकाे भव्य समापन आईतबार भयाे। समापन कार्यक्रममा विशिष्ट अतिथि सिक्किम सरकारका मन्त्री भाेजराज राई थिए भने मुख्य अतिथि गाेर्खाल्याण्ड क्षेत्रीय प्रशासनका मुख्य कार्यपाल अनित थापा उपस्थित रहेका थिए। यस अवसरमा सिक्किमका विधायक कला राई, जीटीएका सभासदहरू अरूण सिग्ची, मिलेस राई, मिरिक नगरपालिका अध्यक्ष एलबी राई, अखिल किराँत राई संघ सिक्किमका अध्यक्ष माेहन दुङमाली, पूर्व अध्यक्ष डाक्टर एसके राई लगायत विभिन्न ठाँउका किराँत राईहरू भेला भएका थिए। सफल राईले सञ्चालन गरेकाे कार्यक्रममा सिली नृत्य, माङपा माङमाहरूद्वरा पुजा अर्चना गरिएकाे थियाे। किराँत खम्बु राई साँस्कृतिक संस्थान केन्द्रीय उपाध्यक्ष मणिकुमार वान्तवाले स्वागत मन्तब्य पाेखेकाे कार्यक्रममा आयाेजक समितिले मन्त्री भाेजराज राई, जीटीए चीफ अनित थापा, मिरिक नगरपालिका अध्यक्ष एलबी राई, राई जातिबाट विभिन्न पदमा रहेर जातिकाे नाम राेशन गर्ने व्यक्तिहरूलाई स्मृति चिन्ह प्रदान गरी सम्मान पनि जनायाे।यस अवसरमा बाेल्दै जीटीए चिफ अनित थापाले किराँतहरूकाे हरेक पर्वलाई प्राथमिकता दिएर आफू हरेक कार्यक्रममा सहभागी हुने क्रममा मिरिकमा आयाेजित साकेला पर्वमा पनि सहभागी बनेकाे जानकारी गराउँदै राई जातिलाई साकेला पर्वकाे शुभकामना दिए। तिनले आ- आफ्नाे जातिभन्दा पनि पहिला हामी गाेर्खा हाैं। गाेर्खा जातिकाे जनसंख्या दिनप्रति दिन घटिरहेछ। याे अति नै चिन्ताकाे विषय हाे भन्दै अब हामी वंश बढाउने कार्यमा लाग्नुपर्छ भनी बताएका छन्। उनले वंश बढेन भने गाेर्खा जातिकाे अस्तित्व पनि शंकटमा पर्न सक्छ भनी बताए।

उनले जबदेखि पहाडमा मैले शान्ति स्थापना गरे, पहाडमा शान्ति स्थापना भएकाे छ भन्दै हामी शान्ति प्रिय हाैं अनि शान्ति स्थापना गरेर राखेका छाैँ। म सत्तामा भइन्जेल दार्जिलिङ र सिक्किमवासीलाई हाइवेमा कुनै प्रकारकाे असुविधा हुने छैन भनी बताए। थापाले जनजातिकाे मुद्धामा बाेल्दै जनजाति दिन्छु भनेर भाेट माग्ने भाजपा हाे।भाजपाकाे सरकार अहिले केन्द्रमा छ। केन्द्र सरकारले मन बनायाे भने जनजातिकाे मुद्दा पार लाग्नेछ। तर केन्द्र सरकारले यस विषयमा कुनै चासाे देखाएकाे छैन। हामीले गर्ने कार्य गरिसकेका छाैँ। अब यस विषयमा केन्द्र सरकारले नै ठाेस निर्णय लिएर सम्पूर्ण जातिलाई दिएकाे वचन पूरा गर्नुपर्छ भनी बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement