हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको पानीघट्टा चियाबारी युनिट कमिटी गठन

IMG-20250525-WA0229

खरसाङ: हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिको सांगठनिक सभा सुकना पानीघट्टा समष्टिलाई लिएर सम्पन्न भएको छ। उक्त सभा समष्टिकाे सभापति अजित योञ्जनको अध्यक्षतामा अनि समष्टि सचिवको सञ्चालनमा सम्पन्न भएको छ। सभालाई सुकना पानीघट्टा समष्टिको सभासद परेस तिर्की, समष्टिकाे पर्यवेक्षक बिन्नी शर्मा, हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन केन्द्रीय उप सभापति हरिहर आचार्य, केन्द्रीय सल्लाहकार एंव खरसाङ महकुमा समितिको पर्यवेक्षक तिलचन्द्र रोका, खरसाङ महकुमा समितिको सभापति सागर गुरुङ आदिले वक्तव्य राखेका थिए।‌ सभामा‌ केन्द्रीय कानुनी सल्लाहकार शेखरचन्द्र प्रधान, केन्द्रीय सदस्य मण्डल छेत्री पनि उपस्थित रहेका थिए।‌ यसै सभामा हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन पानीघट्टा चियाबारी युनिट कमिटी गठन गरिएको छ।‌

उक्त युनिट कमिटीमा सभापति अमर गुरुङ, उप सभापति बसन्त प्रधान, सुवास छेत्री, ईश्वर किन्डो र राजेन किन्डो, सचिव बिराज मुखिया, सह सचिव प्रसाद भट्ट, फिलेमोन कुजुर र फूलमणि कुकुर, कोषाध्यक्ष एचबी छेत्री, सह कोषाध्यक्ष बिमल राई र तेरेसा तिर्की चयन भएका छन्। त्यसरी नै २९ जनाको सल्लाहकार समिति साथै ३२ जना कार्यकारी सदस्यहरु पनि चयन गरिएको छ भनी हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिको सभापति सागर गुरुङले जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement