तकदाह टिस्टा भेल्ली समष्टिमा हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको सांगठनिक सभा सम्पन्न

IMG-20250525-WA0227

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको भातृ संगठन हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिको सांगठनिक सभा तकदाह टिस्टा भेल्ली समष्टिमा सम्पन्न भएको छ। उक्त सभा तकदाह टिस्टा भेल्ली समष्टिको सभापति श्याम योञ्जनको अध्यक्षतामा सम्पन्न भएको छ। सभालाई समष्टि सचिव एंव रंगली रंगलीयट खण्ड पञ्चायत समितिको सहकारी सभापति ललित राईले सञ्चालन गरेका थिए। सभालाई हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन केन्द्रीय समितिको कानुनी सल्लाहकार एंव खरसाङ महकुमा समितिको पर्यवेक्षक तिलचन्द्र रोकाले आफ्नो सम्बोधनमा हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको सांगठनिक गतिविधिलाई यस समष्टिभित्र सक्रिय पारेर लाने तथा संगठनलाई नयाँ ढाँचामा अघि लिएर जाने बताएका छन्। त्यसरी नै केन्द्रीय कानुनी सल्लाहकार शेखरचन्द्र प्रधानले पीएफ, ग्रयाजुएटी र बोनस विषयमा वक्तव्य राखेका थिए। सभालाई तकदाह टिस्टा भेल्ली समष्टिको सभासद ढेण्डुप पाख्रिन, हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिको सभापति सागर गुरुङ, सचिव भक्तिमान तामाङ, केन्द्रीय सदस्य मण्डल छेत्री आदिले वक्तव्य राखेका थिए। सभामा तकदाह टिस्टा भेल्ली समष्टिको पार्टीको पर्यवेक्षक राम पोख्रेल पनि उपस्थित रहेका थिए। सभामा वक्ताहरुले भागोप्रमो पार्टीको श्रमिक संगठनको सांगठनिक गतिविधिलाई सक्रिय रुपमा अघि लाने साथै चियाबारी श्रमिकहरुको हितमा कार्य गर्ने विषयमा चर्चा परिचर्चा गर्दै वक्तव्य राखेको जानकारी हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिको सभापति सागर गुरुङले दिएका छन्।‌

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement