गान्तोक: दुई दिवसीय भ्रमणमा सिक्किम आएका केन्द्रीय राज्यमन्त्री रामेश्वर तेलीले आज राज्यका राज्यपाल गंगा प्रसादसँग भेट गरे। उनले राज्यपालाई राजभवनमा भेट गर्दै विभिन्न विषयमा कुराकानी गरे। यस भेटलाई शौहार्दपूर्वक भेटकोरूपमा मानिलिएको छ। यस अवसरमा मन्त्री लोकनाथ नेपाल लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो। भेटको क्रममा विशेष गरेर श्रम, रोजगार,पेट्रोलियम आदिबारेमा चर्चा परिचर्चा गरियो।

सोही प्रकारले सिक्किममा बोटलिङ प्लान्ट स्थापना गर्ने विषयमा पनि छलफल गरेको जानकारी गराइएको छ। राज्यले गरेको अतिथि सत्कारदेखि केन्द्रीय राज्यमन्त्री तेलीले खुशी प्रकट गर्दै आभार व्यक्त गरेका छन्।










