भारतीय भूतपूर्व सैनिक संगठन खरसाङ युनिटको ३१औं वार्षिक समारोह सम्पन्न

IMG-20250525-WA0201

खरसाङ: भारतीय भूतपूर्व सैनिक संगठन खरसाङ युनिटको ३१औं वार्षिक साधारण सभा खरसाङको नयाँ बजारस्थित टाउन सार्वजनिक भवनमा सम्पन्न भएको छ। उक्त वार्षिक साधारण सभाको अध्यक्षता खरसाङ युनिटको अध्यक्ष मेजर डीके गुरुङले गरेका थिए भने प्रमुख अतिथिको रूपमा कर्णेल अमीत आश्रय उपस्थित रहेका थिए। यस कार्यक्रमलाई खरसाङ युनिटको सल्लाहकार पुरण थापाले सञ्चालन गरेका थिए भने स्वागत सम्भाषण खरसाङ युनिटको कार्यकरी अध्यक्ष क्याप्टन आईडी थापाले राखेका थिए। अतिथिहरुका बाहुलीबाट झण्डा उत्तोलन र कार्यक्रम हलमा नै निर्माण गरिएको शहीद वेदीमा श्रध्दाञ्जली अर्पण गरेर थालिएको कार्यक्रममा अननेरी कप्तान नोर्देन शेर्पाले संगठनको वार्षिक प्रतिवेदन पेश गरेका थिए। यस अवसरमा उनले संगठनको विभिन्न कार्यहरु विषयमा जानकारी गराएका छन्। उनले अहिले संगठनमा ७५० जना सदस्यहरु रहेको र आगामी वर्ष एक हजार पुग्ने बताएका छन्‌। उनले संगठनमा सबैलाई जोड्ने आह्वान् गर्दै भूतपूर्व सैनिकहरु हाम्रो संगठनमा जोडिएर भूतपूर्व सैनिकहरुले पाउने सहुलियतहरु प्राप्त गर्न सक्ने पनि बताएका छन्। कार्यक्रममा संगठनको कोषाध्यक्ष हवल्दार जीवन छेत्रीले आय व्ययको विवरण प्रस्तुत गरेका थिए। कार्यक्रममा पुरानो कमिटी विघटन गरेको घोषणा अध्यक्षले गरेपछि नयाँ कमिटी गठन गरिएको छ। यस नयाँ कमिटीमा सचिव हवल्दार पुरण थापा र सह सचिवको रुपमा सीपीओ रोशन थापा चयन भएका छन् भने अन्य पदाधिकारीहरु पुरानै चयन भएका छन्। यस कार्यक्रममा १९७१ सालको युध्द लडेका सुबेदार बीएल राई र अनरेरी कप्तान टाँसी लामालाई पनि सम्मान जनाइएको छ। कार्यक्रममा स्वागत नृत्य अवन्तिका थापाले प्रस्तुत गरिन् भने रतन थापाले नृत्य प्रस्तुत गरेर मनोरञ्जन प्रदान गरेका थिए। त्यसरी नै गीत गायन पनि प्रस्तुत गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित कर्णेल अमीत आश्रयले फौजमा एकपल्ट भर्ना भएपछि कहिले पनि भूतपूर्व हुँदैनन् भन्दै सेना भएपछि उसको खूनमा सदैव सेनाको खून हुन्छ भनी बताएका छन्। उनले कुनै पनि समय देशलाई आवश्यकता परेमा भूतपूर्व सेना भए पनि सबैजना देशको सुरक्षाको लागि हतियार उठाउन तत्पर रहन्छन्। कर्णेल अमीत आश्रयले भूतपूर्व सैनिकहरुको कुनै पनि समस्या छ सोझै भनिदिने निवेदन गर्दै आफु कुनै पनि प्रकारको सहयोग गर्न तयार रहेको बताएका छन्। उनले आफुले सहयोग गर्ने मौका दिने निवेदन गर्दै कुनै पनि समय सहयोगको लागि बोलाउन सक्ने बताएका छन्‌।

कार्यक्रममा विशिष्ट अतिथिको रुपमा उपस्थित अवकाशप्राप्त कर्णेल एंव भूतपूर्व सैनिक सिलगढीको‌ सभापति एम गफरले वक्तव्य राखेका थिए। कार्यक्रममा धन्यवाद ज्ञापन कार्यक्रम अध्यक्ष अवकाशप्राप्त मेजर डीके गुरुङले राखेका छन्। उपस्थित सबैबाट राष्ट्रिय गान गाएपछि कार्यक्रम समाप्त भएको छ‌। खरसाङमा आयोजित भारतीय भूतपूर्व सैनिक संगठनको ३१औं वार्षिक साधारण सभा विषयमा पत्रकारहरुसित कुराकानी गर्दै खरसाङ युनिटको वर्तमान सचिव हवल्दार पुरण थापाले विस्तृत रुपमा जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement