खरसाङ: खरसाङ फूटबल एसोसिएशनको तत्त्वावधानमा आयोजित तेस्रो अण्डर-१४ बोयज सब-डीविजनल फूटबल टुर्नामेण्टमा आइतवार २ वटा म्याच खेलियो। युवा मामिला एवम् खेलकुद विभाग, जीटीए को सहयोगमा जारी यस टुर्नामेण्टअन्तर्गत गोथल्स मेमोरियल खेल मैदानमा आज भएको पहिलो म्याचमा आईटीआई टुंग फूटबल एकाडमी ले जेआर३२ फूटबल एकाडमी विरुद्ध ५-० ले जीत हासिल गऱ्यो। यसरी दोस्रो म्याचमा पंखाबारी हाई स्कूलले हिल्स फूटबल एकाडमी विरुद्ध २-१ ले जीत हासिल गऱ्यो।

आज दुईवटा म्याचको सञ्चालन हिल्स रेफरीज एसोसिएशनका सदस्यहरूले गरे, जसमा अर्बिन छेत्री, प्रमोद प्रधान, सौरभ शंकर र केवन राई सामेल छन्। सञ्जय थापा फोर्थ अफिसियल थिए। यस टुर्नामेण्टमा जम्मा ८ वटा टीमले हिस्सा लिएको छ। फाइनल ८ जूनमा हुनेछ।