नयाँ दिल्ली: ईंग्ल्याण्डका पूर्व सेतो बलका कप्तान इयोन मोर्गनले शुभमन गिललाई भारतको नयाँ टेस्ट कप्तान बनाउने फसेलालाई सही बताएका छन्। उनले गिललाई प्राकृतिक नेता बताए जो विभिन्न फसेलाहरूपछिको कार्यप्रणालीमाथि प्रश्न उठाउन हिच्किचाउँदैनन्। मोर्गनले २०२० र २०२१-मा कलकत्ता नाइट राइडर्स टीममा गिलसँग ड्रेसिंग रूम साझा गरेका थिए। मोर्गनले भने, गिललाई कप्तान बनाउने फसेला सही हो। मैले उनीसँग दुईवटा आईपीएल सीजन खेलेको छु अनि उनी स्वाभाविक रूपले नेतृत्व गर्छन्। उल्लेखनीय छ, बीसीसीआई-ले २० जूनदेखि ईंग्ल्याण्डविरुद्ध खेलिने ५ वटा टेस्ट म्याचको सीरीजको निम्ति गिललाई भारतीय टेस्ट टीमको कप्तान नियुक्त गरेको छ। भारतले टेस्ट टीममा करुण नायर र साई सुदर्शनलाई पनि स्थान दिएको छ। २०१९-मा ईंग्ल्याण्डलाई वनडे वर्ल्ड कप च्याम्पियन बनाउने मोर्गनको भनाइअनुसार, नयाँ भारतीय टीमको निम्ति ईंग्ल्याण्ड यात्रा चुनौतीपूर्ण हुनेछ। उनले भने, शीर्ष तीनमा गिल, यशस्वी जयसवाल र केएल राहुल हुनेछन् तर भारतीय टीममा एकाधिक ब्याटर रहेका छन्। यसबाहेक ईंग्ल्याण्ड घरेलु परिस्थितिहरूमा प्रबल दावेदार हुने कुरा पनि सही हो। यसरी ईंग्ल्याण्डका पूर्व टेस्ट कप्तान नासिर हुसैनले बताएअनुसार, रविचन्द्रन अश्विन, रोहित शर्मा र विराट कोहलीले सन्न्यास लिए पनि भारतको टीम मजबूत रहेको छ। उनले भने, ९ महिना अघिसम्म पनि भारतको सम्भावित टीममा अश्विन, कोहली र रोहित हुने थिए। अहिले यी खेलाड़ीहरूका स्थानमा नयाँ अनुहारहरूलाई मौका प्राप्त भएको छ। गिललाई कप्तानी दिइएको छ, जुन ठूलो सम्मान हो। नयाँ टीम रहे पनि भारतसँग एकाधिक म्याच विजेता खेलाड़ीहरू छन्।









