करियरको १००औं एकल खिताब जिते नोवाक जोकोविचले

IMG-20250525-WA0047

जिनेवा: नोवाक जोकोविचले अन्तमा गएर करियरको १००औं एकल खिताब जिते। उनले शनिवार जिनेवा ओपन टेनिस टुर्नामेण्टको फाइनलमा पोल्याण्डका हुबर्ट हुरकाजलाई ५-७, ७-६, ७-६-ले पराजित गरी एकल खिताबको शतक पूरा गरे। यस्तो गर्ने उनी विश्वका केवल तेस्रो टेनिस खेलाड़ी हुन्। सर्बियाका दिग्गज खेलाड़ी लामो समयदेखि आफ्नो १००औं एकल खिताबको निम्ति जुझिरहेका थिए अनि अन्तमा गएर उनले स्विट्जरल्याण्डको शहरमा सफलता हासिल गरे। जोकोविचले ९ महिना अघि पेरिस ओलम्पिकमा करियरको ९९औं एकल खिताब जितेका थिए। त्यसपछि उनी शंघाई ओपन र मियामी मास्टर्सको फाइनलमा पराजित भएका थिए। आफ्नो ३८औं जन्मदिनको २ दिनपछि १००औं खिताब जित्न उनले लगभग ३ घण्टा मेहनत गर्नु पऱ्यो। खिताब जितेपछि जोकोविचले भने, मलाई यहाँ १००औं खिताब जितेर धेरै खुशी लागिरहेको छ। मैले यसको निम्ति निक्कै मेहनत गर्नु पऱ्यो। रेकर्ड २४ वटा ग्राण्ड स्ल्याम खिताब जितिसकेका जोकोविचअघि जिम्मी कोनर्स (१०९) र रोजर फेडरर (१०३)-ले करियरमा १०० भन्दा अधिक एकल खिताब जितेका थिए। यसअघि जोकोविच यस साल ओपन एरामा सर्वाधिक ग्राण्ड स्ल्याम म्याच खेल्ने खेलाड़ी बनेका थिए। उनले अष्ट्रेलियन ओपनको अवधि आफ्नो ४३०औं ग्राण्ड स्ल्याम म्याच खेलेका थिए। यसको साथ उनले फेडररको रेकर्ड तोड़ेका थिए, जसले आफ्नो करियरमा ४२९ वटा ग्राण्ड स्ल्याम म्याच खेले। जोकोविचको नाममा सर्वाधिक ग्राण्ड स्ल्याम एकल खिताब (२४ वटा) जित्ने रेकर्ड पनि रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement