गान्तोक: राज्यका धर्म विभाग मन्त्री सोनम लामाको नेतृत्वमा दिल्ली गएको एउटा टोलीले धर्मगुरू दलाई लामासँग भेट गरे। भेटको क्रममा मन्त्री लामाले सिक्किमे जनताको तर्फबाट आगामी अक्टोबर महिनाको अन्ततिर सिक्किम आउनको निम्ति आमन्त्रित गरे। राज्य सरकारको तर्फबाट उनलाई सिक्किम आउनको निम्ति आग्रह गरेपछि दलाई लामाले पनि निम्तो स्वीकार गरेको बताइएको छ। उनी सिक्किम आउन सदैव इच्छुक रहेको बताउँदै यसरी निमन्त्रणा दिएकोमा आभार प्रकट गरे। यस अवसरमा उनले निम्तो स्वीकार्दै सिक्किमबासीको हाल खबरबारे पनि जानकारी लिएको विज्ञप्तिमा उल्लेख गरिएको छ।सोही प्रकारले राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङले पनि धर्मगुरू दलाई लामाले निम्तो स्वीकारेकोमा खुशी प्रकट गरेका छन्।










