कालचिनी – कृषि विकासको निम्ति राज्य सरकारद्वारा गठित आत्मा प्रकल्पको कालचिनी ब्लक चेयरम्यान पदमा अधीर रायलाई नै पुनर्बहाली गरिएको जानकारी प्राप्त भएको छ| आज कालचिनी खण्डको बामनपाड़ास्थित कृषि कार्यालयमा सम्पन्न सभाले अधीर रायलाई नै आत्मा प्रकल्पको चेयरम्यान पदमा पुनर्बहाली गरिएको बताइएको छ| आत्मा प्रकल्पको माध्यममा किसानहरूलाई विभिन्न प्रकारको सुविधा नयॉं कृषि प्राविधि लिएर काम भइरहेको र कालचिनी ब्लकमा अधीर रायले धेरै राम्रो काम गरेकोले पुन: तिनलाई नै चेयरम्यानमा चयनित गरिएको बताईएको छ|
आज सो सभामा कालचिनी कृषि सहकारी अधिकारी प्रबोदकुमार मण्डल लगायत कालचिनी पञ्चायत समितिको सभापति अरुणा परियार एवम् कृषि कर्माध्याक्ष आदि प्रतिनिधिहरूको उपस्थिति रहेको थियो| पुनः चेयरम्यान पदमा पुनर्बहाली पाएकोमा अधीर रायले खुसी व्यक्त गर्दै आगामी दिनमा अझै थप जिम्मेदारी लिएर किसानहरूको निम्ति कार्य गरिने र राज्य सरकारद्वारा प्रदत्त योजनाहरूलाई उपलब्ध गर्ने कार्य गरिने जनाएका छन्|







