एकलब्य मोडल स्कूलकी छात्रा इसरो को सम्मेलनमा

IMG-20250524-WA0268

गान्तोक: मंगन जिल्लाको स्वयम स्थित एकलब्य मोडल रेसिडेन्सियल विद्यालकी नवौ श्रेणीमा अध्ययरत छात्रा लिनोर्मित लेप्चा इसरो युविका २०२५ को निम्ति छनौट भएकी छन्। यो छनौटले उनको शैक्षिक उत्कृष्टता र राज्यको दुर्गम क्षेत्रमा बसोबासो गर्ने जनजाति विद्यार्थीहरूलाई विभिन्न क्षेत्रमा अवसर प्रदान गर्ने निश्चित भएको छ। लिनोर्मित लेप्चाले १३ देखि ३१ मईसम्म हैदरावादस्थित राष्ट्रिय रिमोट सेन्सिङ सेन्टरमा युविका कार्यक्रममा सहभागिता जनाउने छन्। यस प्रकारको कार्यक्रमले विद्यार्थीहरूमा वैज्ञानिक विषयमाथि जिज्ञासा जगाउने र उनीहरूलाई अन्तरिक्ष विज्ञान र प्रविधिको व्यावहारिक अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ। लेप्चाको छनौट एकलव्य मोडेल रेसिडेन्सियय विद्यालयको लागि गर्वको क्षण रहेको उल्लेख गर्दै यसले गुणस्तरीय शिक्षामार्फत जनजाति विद्यार्थीहरूलाई सशक्त बनाउँदै आएको प्रमाणित गरेको छ। यस उपलब्धिले क्षेत्रका विद्यार्थी प्रतिभाहरुलाई शैक्षिक क्षेत्रमा प्रेरित गर्ने आशा गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement