गान्तोक: विद्यार्थीहरूलाई पुस्तक अध्ययनतिर प्रेरित गर्ने उद्देश्य राख्दै गान्तोकको २४ घण्टा इन्स्पायर्स र नर्थ सिक्किम एकाडेमीको संयुक्त पहलमा पुस्तक मेला आयोजना गरियो। दुई दिवसीय पुस्तक मेला आजदेखि शुरू भएर २५ मईको दिन समापन हुने भएको छ। यस अवसरमा सिङगिक माध्यमिक विद्यालयका प्रधान अध्यापक सोनाम दोर्जी भोटिया मुख्य अतिथिकारूपमा उपस्थित रहेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि भोटियाले विशेष गरेर दुई दिवसीय पुस्तक मेला आयोजक समितिलाई धन्यवाद दिँदै यस मेलाबाट विद्यार्थीहरूले लाभ उठाउनु पर्ने आग्रह गरे।

सोही क्रममा २४ आवर्स इन्सपार्यसका मुख्य अधिकारी दिवाकर बस्नेतले दुई दिवसीय पुस्तक मेलाको महत्वबारे जानकारी गराउँदै सबैलाई पुस्तक मेलाबाट फाइदा उठाउने अनुरोध गरे। पुस्तक मेलाको उदघाटनको दिन मंगन जिल्लाका एकसय भन्दा अधिक विद्यार्थीले भाग लिएका थिए।