सिक्किमका अधिकारीहरुको टोली मत्स्य विभागीय सचिव सम्मेलनमा सहभागी

IMG-20250524-WA0271

गान्तोक: सिक्किम सरकारको मत्स्यपालन विभागकी अध्यक्ष रोशनी राई लगायत सहायक निर्देशक सुरेन्द्र भण्डारीले नयाँ दिल्लीको एपी शिन्दे प्रेक्षागृहमा आयोजित मत्स्य विभागीय सचिवहरूको बैठकमा सहभागिता जनाए। भारत सरकारको मत्स्यपालन र पशुपालन मन्त्रालयको पहलमा आयोजना गरिएको एक दिवसीय यस कार्यक्रममा राष्ट्रीय मत्सयपालन विकास विभागका अधिकारी डा. बिजय कुमार बेहराले पावर पोइन्ट प्रेजेन्टेसनको माध्यमद्वारा सरकारका योजनाहरुबारे जानकारी गराए। सोही क्रममा सिक्किम सरकारको मत्स्य विभागकी सचिव रोशनी राईले राज्यमा पीएमएमएसवाई कार्यान्वयनबारेमा विस्तृतरूपमा जानकारी दिइन्। उनले भारत सरकारद्वारा जारी गरिएको अधिकांश अनुदान पहिले नै प्रयोग भइसकेको र बाँकी धनराशी आउँदो दिनमा प्रयोग गरिने जानकारी गराइन्। यसको निम्ति प्रयोग प्रमाणपत्र एक हप्ताभित्र पेश गरिने बताइन्। सिक्किम राज्यमा सीमित संख्यामा माछापालक किसानहरू रहेको अवगत गराउँदै किसान क्रेडिट कार्ड योजनामार्फत ऋण सुविधाका लागि आवेदन पेश गर्न लगभग ५६३ जना माछापालक किसानहरूलाई सहयोग गर्ने बताइन्। हालसम्म लगभग २२५ जना केसीसीहरूको आवेदनहरू स्वीकृत भइसकेका बताइन्। गत ६ जनवरी २०२५ मा असमको राजधानी गुवाहाटीमा आयोजित उत्तरपूर्वी क्षेत्रस्तरीय बैठकमा मत्स्यपालन, पशुपालन तथा दुग्ध विकास मन्त्री राजीव रञ्जन सिंहले जैविक मत्स्यपालन समूह विकासको आधिकारिक घोषणा गरेपछि सिक्किम राज्यमा भएको प्रगतिबारेमा जानकारी दिइन्। उनले सिक्किम सरकारको मत्स्यपालन विभागले जैविक जलीय कृषि गतिविधिहरूको लागि एसओपी तयार गरेको र सोरेङ क्लस्टरमा जैविक मत्स्यपालन विकासको लागि तीन वर्षे रणनीतिक कार्य योजनाको मस्यौदा तयार गरेर भारत सरकारलाई पठाइएको बताइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement