पाकिम: सिक्किम राज्य स्थापनाको स्वर्ण जयन्ती समारोहको अवसरमा पाकिम जिल्ला प्रशासनिक केन्द्र, जिल्ला पञ्चायक र ब्याडमिन्टन एसोसिएशन अफ् पाकिमको संय़ुक्त पहलमा आज एक दिवसीय अन्तर विभागीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भयो। पाकिम जिल्लाको सामुदायिक भवनमा आयोजन गरिएको उक्त प्रतियोगितामा क्षेत्र विधायक एलबी दास मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए। जिल्ला पञ्चायत अध्यक्ष लाडेन ल्हमु भोटिया, उपाध्यक्ष प्रभा प्रधान लगायत अन्य अधिकारी विशिष्ट अतिथि थिए। प्रतियोगितामा सिक्किम सरकारका विभिन्न विभागका कर्मचारीहरूले सहभागिता जनाएका थिए। खेलकुदको माध्यमद्वारा सौहार्दता र खेल भावनालाई बढावा दिन साथै नशामु्क्त सिक्किम, समृद्ध, सुनौलो सिक्किम र बेटी बचाओ बेटी पढाओ जस्ता प्रमुख अभियानहरूलाई प्राथमिकता दिन कार्यक्रम आयोजन गरिएको हो। सिक्किमको सामाजिक विकासमाको निम्ति महत्वपूर्ण सन्देश दिने उद्देश्य राखेर विभिन्न विधामा प्रतियोगिता समावेश गरिएको थियो। प्रतियोगितामा मेन्स डबल मिक्स र मेन्स डबल्स मिन्स ५० पनि समावेश गरिएको थियो। उक्त प्रतियोगिताअन्तर्गत मेन्स डबल्समा डा. सुवास राई र सन्तोष राई विजयी बनेका थिए।

मिक्स डबल्समा विवेक छेत्री र अनुनय राई, मेन्स डवल्स (४०) मा डा. सुवास राई र सन्तोष राई जीत हासिल गरेका छन्। सोही प्रकारले मेन्स डबल्समा दावा नेडुप भोटिया र रोशन सुब्बा विजेता बनेका छन्। कार्यक्रमका मुख्य अतिथि विधायक दासले प्रतियोगितामा भाग लिएर सहभागीहरू र दर्शकहरूलाई प्रोत्साहित गरेका थिए। यस अवसरमा सामाजिक कल्याण विभागद्वारा नशामुक्त भारत अभियानमा आधारित नाटक प्रस्तुत गरिएको थियो।