पुरन तामाङ राम पात्रो मेमोरियल अवार्ड फर् एक्सिलेन्स इन् जर्नलिजम-द्वारा पुरस्कृत

IMG-20250524-WA0275

गान्तोक: अङ्ग्रेजी दैनिक अनि डिजिटल प्लेटफर्म सम्मिट टाइम्सका सम्पादक पुरन तामाङ वर्ष २०२४-२५को निम्ति प्रतिष्ठित राम पात्रो पुरस्कारले पुरस्कृत भएका छन्। आज राजधानीको एउटा होटलमा आयोजित कार्यक्रमबीच मुख्य अतिथि लोकसभा सांसद इन्द्र हाङ सुब्बाको बाहुलीबाट तामाङलाई उक्त पुरस्कार प्रदान गरियो। उल्लेखनीय छ, राज्यको एक स्थापित अनि प्रतिष्ठित अङ्ग्रेजी दैनिक सिक्किम एक्सप्रेसले प्रत्येक वर्ष संस्थापक स्व. राम पात्रोको स्मृतिमा उल्लेखनीय कार्य गर्ने एकजना पत्रकारलाई राम पात्रो मेमोरियल अवार्ड फर् एक्सिलेन्स इन् जर्नलिजम प्रदान गर्नेगर्छ।
यसरी नै पत्रकार कुशहाङ लीवाङलाई सिक्किम एक्सप्रेस र हिमाली बेलामा ‘बेस्ट वर्किङ जर्नलिस्ट अवार्ड २०२४-२५’ ले सम्मानित गरियो। पत्रकार लीवाङलाई विशिष्ट अतिथि अप्पर बुर्तक निर्वाचन क्षेत्रकी विधायक कला राईको बाहुली सम्मानित गरियो। कार्यक्रममा सिक्किम एक्सप्रेसका कर्मचारी सुमन राईलाई उनको समर्पित सेवाको निम्ति ‘प्रशंसा पत्र’ द्वारा सम्मानित गरियो। विशिष्ट अतिथि गान्तोक निर्वाचन क्षेत्र विधायक दिले नामग्याल बर्फङपाको बाहुलीद्वारा राईलाई प्रशंसा पत्र अर्पण गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement