दुर्गा पूजा कमिटी अनि क्लबहरूलाई लिएर कालचिनी पुलिस प्रशासनद्वारा सभा

53d53e7e-8f35-4dda-b63c-da1db83f32e3

  कालचिनी – आगामी दुर्गा पूजा लिएर सम्पूर्ण पूजा कमिटी अनि सम्बन्धित क्लबहरू तयार बसिरहेको क्रममा आज अलिपुरद्वार जिल्ला पुलिस प्रशासनको निर्देश अनुसार कालचिनी थानाको पहलमा कालचिनीस्थित चिल्ड्रेन पार्कमा कालचिनी थाना अन्तर्गत पर्ने प्रायः ६६ वटा पूजा कमिटीको प्रतिनिधिहरूलाई लिएर एउटा सभा सम्पन्न भएको जानकारी कालचिनी सीआई पार्थ सारथी चन्दाले दिएका छन्| आज सॉंझ सम्पन्न सो सभामा पुलिस प्रतिनिधिमा मुख्यत सीआई पार्थ सारथी चन्दा र थाना प्रभारी टीएन लामा लगायत अग्निशमन विभागका अधिकारी, बिजुली विभागको प्रतिनिधि एवम् कालचिनी थाना अन्तर्गत पर्ने विभिन्न क्लब अनि दुर्गा पूजा कमिटीका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो|

  उक्त सभामा यसपाली सम्पन्न हुने दुर्गा पूजामा धेरै नियमहरू कमिटीले पालन गर्नु पर्ने विषयलाई लिएर पुलिस प्रशासनको पक्षबाट पूजा कमिटीको प्रतिनिधिहरूलाई जानकारी गराईएको थियो| पूजामा बिजुली अनि दमकल विभागको अनुमति साथै कालचिनी ब्लक प्रशासनको अनुमति जरुरी रहेको र् पूजा मण्डपमा डीजे साउन्ड सिस्टम चलाउन नपाईने एवम् जबरजस्ती चन्दा संग्रह गर्न नपाइने आदि नियमहरूबारे सबै जानकारी गराईएको थियो| सभामा उपस्थित कालचिनी सीआई पार्थ सारथी चन्दाले यसपाली दुई बर्षको कोरोना महामारीपछि पूजा धुमधाम गर्न सबै लागिपरेको र पूजामा कुनै प्रकारको असुविधा वा अशान्ति नहोस यसको निम्ति पुलिस प्रशासनको कड़ा निगरानी रहने जनाएका छन्|

About Author

Advertisement