बलिउड स्टारको १७ वर्षसम्मको लिभ इन रिलेशनशि विवाहमा बदलियो

Hansal-Mehta-Safeena-Hussain

नयाँ दिल्ली: फिल्म निर्माता हंसल मेहता र सफिना हुसैन आफ्नो सम्बन्धका कारण सधैं चर्चामा रहन्छन्। १७ वर्ष लामो सम्बन्धपछि अहिले यी जोडीले एकअर्कासँग विवाह गरेका छन्। हंसल मेहता र सफिना हुसैनको विवाहको तस्वीर सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ। हंसल मेहताले सामाजिक सञ्जालमा विशेष क्याप्सनका साथ तस्वीर शेयर गर्दै सफिनासँग यो विवाह गरेका हुन्। अहिले यो जोडीको विवाहको तस्वीर देखेपछि फ्यानहरुले उनीहरुलाई विवाहको लागि बधाई तथा शुभकामना दिइरहेका छन्। सबै सेलिब्रेटीले पनि यो पोस्टमा कमेन्ट गरेर आफ्नो खुशी व्यक्त गरिरहेका छन्।

हंसल मेहता र सफिना हुसैनले निकै शानदार शैलीमा विवाह गरेका छन्। यी जोडीले कुनै रीति रिवाजबिना कोर्ट म्यारिज गरेका छन्। कागजमा हस्ताक्षर गर्ने क्रममा यी जोडीको तस्बिर निकै भाइरल भइरहेको छ। पोस्ट सेयर गर्दै हंसल मेहताले लेखेका छन्, ‘यसैले १७ वर्षपछि दुईजनाले आफ्ना छोराछोरी हुर्किएको देखे र हाम्रो सपनालाई पछ्याउँदै हामीले विवाह गर्ने निर्णय गर्यौं। जीवनमा सामान्य रूपमा, यो पनि अचानक र अनियोजित थियो। यद्यपि हाम्रो वाचाहरू सत्य थिए। अन्ततः प्रेमले सबै कुरालाई जित्छ र…’। कागजातमा हस्ताक्षर गरेपछि दुवैजना आफ्नो परिवारसँग पोज दिइरहेका छन्। यस क्रममा यो जोडी एकदमै साधारण स्टाइलमा देखिएका छन्। फिल्म निर्माता विशाल भारद्वाज, अनुभव सिन्हा, अभिनेता राजकुमार राव, मनोज बाजपेयी र शेफ रणवीर ब्रारले उनलाई उनको पोस्टमा बधाई दिएका छन्। हंसल मेहताको मोडर्न लभ मुम्बई वेब सिरिजका अभिनेता प्रतीक गान्धीले लेखे – ये प्यार है… त्यसपछि उनले हार्ट इमोजी बनाए… र यो प्रेरणादायी पनि छ।

About Author

Advertisement