साहित्यकारहरूले गोर्खाको जनसङ्ख्या बचाउनुपर्छ भन्ने विषयमा पनि लेख्नुपर्छ: अनित थापा
दार्जिलिङ: नेपाली साहित्य सम्मेलन दार्जिलिङले आज आफ्नो भवनमा साहित्य सम्मेलन स्थापनाको शतवार्षिकी समारोह सम्पन्न भएको छ। दुई दिवसीय कार्यक्रमको पहिलो दिन गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापा विशेष रूपमा उपस्थित रहेका थिए। यस अवसरमा साहित्य सम्मेलन दार्जिलिङको अध्यक्ष सीके राई र महासचिव महेन्द्र प्रधानको उपस्थितिमा जीटीएको प्रमुख कार्यपाल अनित थापा, बीजीपीएम पार्टीका महासचिव अमर लामा र दार्जीलिङ नगरपालिकाका अध्यक्ष दिपेन ठकुरी लगायतको उपस्थितिमा सम्मेलन स्थापनाको शतवार्षिकी मनाएको छ। यस आफ्नो सम्बोधनमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापाले आफ्नो सम्भाषणमा भने, ‘साहित्यकारहरूले गोर्खाको जनसङ्ख्या बचाउनुपर्छ भन्ने विषयमा पनि लेख्नुपर्छ। जनसङ्ख्या बढ्यो भने जाति बाँच्छ। जाति बाँचे भाषा बाँच्छ, संस्कृति बाँच्छ, साहित्य बाँच्छ। गोर्खाको जनसङ्ख्या बचाऊ अभियानमा हामी लाग्नुपर्छ।”
उनले भने, ‘सुधपाको सोचको कारण आज हामी नेपाली साहित्य सम्मेलन भवनमा भाषा साहित्यको चर्चा गर्दैछौं। एक सय वर्ष अघिको सोचको कारण आज हामी एक जगहमा भेला भएका छौं। साहित्य एक ठाउँमा छ, राजनीति आफ्नो ठाउँमा छ।म गलत पनि हुनसक्छु, मलाई लाग्छ राजनीति र साहित्यलाई मुच्छ्नु हुँदैन। राजनीतिमा साहित्यकारलाई मुच्छ्ने हुँदा साहित्यकारले धेरै दुःख पनि पाएको छ।’

अनित थापाले अघि भने, :म सकरात्मक परिवेश सृजना गर्न चाहाने व्यक्ति हुँ। म डाटा अनुसार बोल्दैछु। हाम्रो पहाडमा पहिला दुइवटा बुथ थियो,अहिले दुइ बुथ एक बुथ भएको छ। हाम्रो जाति मासिन्दैछ।तपाईहरुले लेख्नु भएको साहित्य पढ्ने व्यक्ति पाउनु हुन्न। त्यसै त गोर्खा समाज अल्प संख्यकमा रहेको छ, हाम्रो जनसंख्या अझ घट्दै जाँदैछ।’
थापाले अझ भने, ‘तपाईहरुको हातमा कलम छ। गोर्खाको जनसंख्यामाथि लेख्नु होस्। गोर्खा समाजमा जनसंख्या दिनहुँ घट्दै जाँदैछ। गोर्खाको जनसंख्या बढाउनुपर्छ। जाति बाँच्यो भने मात्र भाषा पनि बाँच्छ। यदि जाती नै मासियो भने हाम्रो साहित्य कसले पढ्ने? कसले लेख्ने? साहित्यकारहरूले गोर्खाको जनसङ्ख्या बचाउनु पर्छ भन्ने विषयमा पनि लेख्नु पर्छ। जनसङ्ख्या बढ्यो भने जाती बाँच्छ। जाती बाँचे भाषा बाँच्छ, संस्कृति बाँच्छ, साहित्य बाँच्छ। गोर्खाको जनसङ्ख्या बचाऊ अभियानमा हामी लाग्नुपर्छ। हामी जाति, भाषाको कुरा गर्छौ। हाम्रो भाषा नेपालीको प्रयोग गर्नुहोस भनेर सबैलाई भन्छु। आधिकारिक नोटिस पनि पठाए। तर जब त्यसलाई कार्यमा परिणत भएको हेर्न खोज्यो, कार्यमा परिणत गर्ने समय सबै चिसो बन्छन्। यसरी भाषा कसरी बाँच्ने?’









