राष्ट्रिय महिला आयोगकी वरिष्ठ सदस्य अर्चना मजुमदारद्वारा लङ्भ्यू चिया बगानको भ्रमण

IMG-20250524-WA0204

खरसाङ: राष्ट्रिय राष्ट्रिय महिला आयोगकी वरिष्ठ सदस्य अर्चना मजुमदारले आज लङ्भ्यू चिया बगानको आकस्मिक भ्रमण गरिन्। भ्रमण अवधिमहिला आयोगकी वरिष्ठ सदस्य अर्चना मजुमदारले आज लङ्भ्यू चिया बगानको आकस्मिक भ्रमण गरिन्। भ्रमण अवधि लङ्भ्यू चिया बगानको वर्तमान स्थितिबारे जानकारी लिइन्। यसै अवधि श्रमिकहरुको पक्षबाट दश सूत्री माग पनि राखियो। यसबारे जानकारी गराउँदै स्थानीय हमिङ तामाङले मजुमदारलाई श्रमिकहरूको निम्ति सरकारले न्यूनतम रोज अधिनियम लागु गर्नुपर्छ भन्ने तथा लङ्भ्यू चियाबारीमा यहाँको मालिक नै परिवर्तन गर्नुपर्छ भन्ने मागलाई विशेष जोड दिँदै यसतर्फ ध्यानाकर्षण गराएका छन्। स्थानीय श्रमिकहरूले मजुमदारसँग आफ्नो दुखेसो राख्दै बगानपक्षबाट तिनीहरूको दैनिक रोज, मासिक वेतन लगायत अन्य सहुलियतहरू समयमा नदिइएका गुनासोहरू राखे। यसरी लङ्भ्यू चियाबारीका विविध एवम् जटिल समस्याहरूलाई बुझ्न राष्ट्रिय महिला आयोगका वरिष्ठ सदस्य अनि उनका दल, सामाजिक कार्यकर्ता, श्रमिक तथा कर्मचारीहरू, सोशल मीडिया, गोप्य विभागका कर्मचारीहरू यहाँ आएकोमा बगानको पक्षबाट हमिङ तामाङले आभार प्रकट गरेका छन्। तिनले अब सम्पूर्ण श्रमिक तथा कर्मचारीहरू अब एक भएर हक र अधिकारको निम्ति मालिक विरूद्ध लड्ने समय आएको छ भन्दै अब फुटेर होइन जुटेर लड्नुपर्छ भनी आव्हान गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement