गान्तोक: सिक्किम भ्रमणमा आएका प्रकृतिक ग्यास, श्रम र रोजबार राज्यमन्त्री रामेश्वर तेलीले गान्तोक जिल्लाका विभिन्न विभागका अधिकारीवर्गलाई लिएर एक सभा आयोजना गरे। टाशीलिङस्थित सचिवालयमा सम्पन्न भएको सभामा मन्त्री लोकनाथ नेपाल लगायत विभिन्न विभागका प्रमुखहरूले पनि उपस्थिति जनाएका थिए। दुई दिवसीय सिक्किम भ्रमणमा आएका मन्त्री तेलीले केन्द्र सरकारद्वारा प्रायोजित विभिन्न योजनाहरू कार्यन्वयन गर्न विभागको महत्वपूर्ण भूमिका रहेको जानकारी गराए।

यसै क्रममा विभिन्न विभागका अधिकारीहरूले केन्द्र सरकारको योजनाहरू कार्यान्वयन भइरहेको र काम प्रगतिमा रहेको अवगत गराए। यसरी नै मन्त्री तेलीले केन्द्र सरकारक ध्वाजावाहक योजना जस्तै प्रधानमन्त्री ग्रामीण आवास योजना, प्रधानमन्त्री फसल वीमा योजना लगायत अन्यको रिपोर्टबारे जानकारी लिए। उनले केन्द्र सरकारद्वारा शुरू गरिएक इ-श्रम कार्ड योजनाबारे पनि जानकारी लिएका छन्।







