खरसाङ: उत्तर बंगालका दुईजना दिग्गज डिफेण्डर बीरेन प्रधान र निवास राणा सीएफएल प्रीमियर डीविजन ए मा आफ्नो प्रतिभा देखाउन तयार छन्। कलकत्ताको अग्रणी टीम खिदिरपुर स्पोर्टिंग क्लबले यी 2 जना फूटबलरसँग अनुबन्ध गरेको छ। युनाइटेड खरसाङ फूटबल क्लब (यूकेएफसी) का कप्तान बीरेन प्रधानले गत केही सालदेखि उत्कृष्ट प्रदर्शन गरेर आफ्नो छाप छोड़ेका छन्। यसरी दार्जीलिङ पुलिस टीमका निवास राणा उत्तर बंगालकै सबैभन्दा निर्भरयोग्य र लोकप्रिय फूटबलर हुन्।