पूर्वराजा शाह झापा आउदै

IMG-20250524-WA0168

झापा: राजावादीहरूले यही जेठ १५ गतेदेखि अनिश्चितकालीन आन्दोलन गर्ने तयारी गरिरहेका बेला पूर्व राजा ज्ञानेन्द्र शाह भोलि झापा आउने भएका छन्।
उनी दुई हप्ते बसाइँका लागि दमक ९ स्थित हिमालयन महालक्ष्मी टी इस्टेटको मिनी दरबारमा आउने भएका हुन्। भोलि दिउँसो २ बजे चन्द्रगढी विमानस्थलमा अवतरण गरी शाह दमकतर्फ जाने कार्यक्रम रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी खगेन्द्र खड्काले जानकारी दिए। उनी जेठ २५ गतेसम्म झापामा रहने बुझिएको छ।
पूर्व राजाको सुरक्षाको लागि सशस्त्र प्रहरी बल नेपालको टोली हिजो नै काठमाडौँबाट हिमालय महालक्ष्मी टी इस्टेटको मिनी दरबारमा आइसकेको छ। हिमालय महालक्ष्मी टी इस्टेटको मिनी दरबारमा केही दिनदेखि पूर्व राजाको परिवारका सदस्यहरूको आउन जाने क्रम चलिरहेको इलाका प्रहरी कार्यालय दमकका डीएसपी रामप्रसाद तिमल्सिनाले जानकारी दिए।
पूर्व राजा शाहले दमकमा बसेर राजनीतिक भेटघाट गर्दै आएका छन्। राप्रपालगायतका राजावादी शक्तिहरूले जेठ १५ देखि अनिश्चित कालीन आन्दोलनको तयारी गरिरहेका बेला पूर्व राजा झापा आउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement