सिलगढ़ी: सुबोथ फूटबल एकाडमीले यस खेल अनि खेलाड़ीहरूका जमीनी स्तरबाट विकासमा निरन्तर काम गर्दै आइरहेको छ। यसै क्रममा एकाडमीका ६ जना युवा खेलाड़ीहरूले अण्डर-१९ काेलकत्ता फूटबल लीगमा खेल्ने मौका पाएका छन्। एकाडमीका प्रतिभाशाली फूटबलर अयुष प्रधान, एरोन तामङ, अनमोल राणा, देव राणा, रोहित सुब्बा र गोविन्दो रोयले कलकत्ता प्रस्थान गरिसकेका छन्। यी खेलाड़ीहरूले लीग मा हावड़ा उद्योगी फूटबल क्लबको प्रतिनिधित्व गर्नेछन्। एकाडमीका प्रमुख सुबोथ मुखियाले यी खेलाड़ीहरूले असल प्रदर्शन गर्ने आशा व्यक्त गरेका छन्।