रोहिनी: रोहिनी भेटरन्सको तत्त्वावधानमा आयोजित फोर्टी प्लस भेटरन फूटबल टुर्नामेण्टमा शुक्रवार दोस्रो सेमिफाइनल म्याच खेलियो। रोहिनी लेकमा खेलिएको म्याचमा सुकना भेटरन्सले डीएसके-विरुद्ध १-० ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट ललित थापाले गोल गरे । यस सेवेन ए साइड टुर्नामेण्टमा जम्मा २८ वटा टीमले हिस्सा लिएको छ। अब आइतवार (२५ मई) खेलिने टुर्नामेण्टको फाइनलमा सुकना भेटरन्स र खरसाङ लीजेण्ड्स बीच भिड़न्त हुनेछ।