भारतीय फूटबल टीममा व्यापक सुधारको आवश्यकता रहेको प्रशिक्षक मार्क्वेजको विचार

IMG-20250524-WA0157

काेलकत्ता: एशियन कप क्वालीफाईंग चरणको म्याचमा बंग्लादेशविरुद्ध भारतको गोलरहित ड्र-ले मुख्य प्रशिक्षक मनोलो मार्क्वेज निराश छन्। भारतीय प्रशिक्षकको भनाइअनुसार, महाद्वीपीय प्रतियोगिताको निम्ति क्वालीफाई गर्न उनको टीममा धेरै सुधारको आवश्यकता छ। भारतलाई २५ मार्चमा शिलंगमा खेलिएको म्याचमा बंग्लादेशले गोलरहित ड्र-मा रोकेको थियो। भारतीय टीमको दोस्रो म्याच १० जूनमा हंगकंगविरुद्ध रहेको छ। भारतीय सीनियर पुरुष फूटबल टीमले त्यस म्याचको निम्ति अभ्यास शिविरमा तयारी शुरु गरेको छ। बंग्लादेशविरुद्ध म्याचको उल्लेख गर्ने मार्क्वेजले भने, हामीले धेरै सुधार गर्नु पर्नेछ कारण मलाई टीम गत सीजनलाई छोड़ेर प्रत्येक फीफा विण्डोमा अघि बढ़िरहेकको जस्तो लागेको थियो। बंग्लादेशविरुद्ध म्याचमा हामीलाई केही प्रमुख खेलाड़ीहरूका सेवा प्राप्त नभएको पनि सत्य हो तर हामी आफ्नो खराब प्रदर्शनलाई लिएर कुनै बहाना बनाउन चाहँदैनौ।
अखिल भारतीय फूटबल महासंघ (एआईएफएफ)-द्वारा जारी विज्ञप्तिमा मार्क्वेजले भनेका छन्, हंगकंगविरुद्ध म्याच निक्कै चुनौतीपूर्ण हुनेछ अनि हामी यस कुरासँग अवगत रहनु पर्नेछ। हामीसँग तयारी गर्ने अनि जीतको साथ ३ पोइण्ट्स हासिल गर्ने प्रयासको निम्ति समय रहेको छ। भारतलाई २०२७ एशियन कप क्वालीफाईंगको तेस्रो चरणमा ग्रुप सी-मा बंग्लादेश, हंगकंग र सिंगापुरसँग राखिएको छ। होम र अवे मिलाएर जम्मा ६ वटा म्याच खेलेपछि केवल शीर्ष स्थानमा रहने टीमले मात्र महाद्वीपीय टुर्नामेण्टको अघिल्लो राउण्डको निम्ति क्वालीफाई गर्नेछ। सिंगापुर र हंगकंगले पनि आफ्नो शुरुवाती म्याच गोलरहित ड्र खेलेको थियो। यसैकारण पोइण्ट्स टेबलमा अहिले सबै टीम बराबरीमा रहेको छ। सिंगापुरले १० जूनमा ढाकामा बंग्लादेशविरुद्ध खेल्नेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement