फेरि जूलियन वेबरभन्दा पछि रहे नीरज चोपड़ा

IMG-20250524-WA0148

चोरजोव (पोल्याण्ड): भारतका स्टार ज्याभलिन थ्रो एथलीट नीरज चोपड़ा शुक्रवार ओरलेन जानुस कुसोसिन्स्की मेमोरियल प्रतियोगितामा दोस्रो स्थानमा रहे जबकि जर्मनीका जूलियन वेबर शीर्षमा रहेर विजेता बने। चोपड़ालाई यस प्रतियोगितामा आफ्नो सर्वश्रेष्ठ फर्ममा देखिएन। भारतका २७ वर्षीय खेलाड़ी स्पर्धामा अन्तिम चरणको अघिसम्म तेस्रो स्थानमा थिए। उनले आफ्नो छैटौं तथा अन्तिम प्रयासमा ८४.१४ मीटरको दूरीमा भाला फ्याँकेर दोस्रो स्थान हासिल गरे। यसअघि उनले आफ्नो दोस्रो र पाँचौं प्रयासमा क्रमशः ८१.२८ मीटर र ८१.८० मीटरको दूरी तय गरे। उनको अन्य तीनवटा प्रयास फाउल रह्यो। प्रतियोगिताको आयोजन सिलेसियन स्टेडियममा दिनमा भएको वर्षापछि गरियो। चोपड़ाले हालै (१६ मई) भएको दोहा डायमण्ड लीगमा ९० मीटरभन्दा अधिकको थ्रो गरे पनि यसपाली उनी त्यसको नजिक पनि पुग्न सकेनन्। चोपड़ालाई पराजित गरी शीर्ष स्थान हासिल गर्ने जर्मनीका वेबरले आफ्नो दोस्रो प्रयासमा ८६.१२ मीटरको थ्रो गरी खिताब जिते। दुईपल्टका वर्ल्ड च्याम्पियन ग्रेनेडाका एण्डरसन पीटर्स ८३.२४ मीटरको सर्वश्रेष्ठ थ्रो गरी तेस्रो स्थानमा रहे। उनी दोहामा पनि तेस्रो स्थानमा रहेका थिए। यो भुवनेश्वरमा २०२४ फेडरेशन कपमा ८२.२७ मीटरको प्रयासपछि नीरजको कुनै स्पर्धामा ८५ मीटरभन्दा कम्तीको पहिलो सर्वश्रेष्ठ थ्रो हो। उनले दोहा डायमण्ड लीगमा ९०.२३ मीटरको थ्रो गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement