सनराइजर्सविरुद्ध आरसीबी ४२ रनले पराजित

IMG-20250524-WA0000

लखनऊ: आईपीएल २०२५-को ६५औं म्याचमा सनराइजर्स हैदराबादले रोयल च्यालेञ्जर्स बेंगलुरु (आरसीबी)-लाई ४२ रनले पराजित गऱ्यो। शुक्रवारको यस हारले आरसीबी-को शीर्ष २-मा सामेल रहने सम्भावनाहरूलाई ठूलो झट्का लाग्यो। आरसीबी अहिले १३ वटा म्याचमा १७ पोइण्ट्सको साथ नेट रन रेटको आधारमा आईपीएल पोइण्ट्स टेबलको तेस्रो स्थानमा रहेको छ जबकि प्लेअफ्-को रेसबाट बाहिर भइसकेको सनराइजर्स १३ वटा म्याचमा ११ पोइण्ट्सको साथ आठौं स्थानमा पुग्यो। लखनऊको एकाना स्टेडियममा शुक्रवार टस हारेर पहिला ब्याटिंग गर्दै सनराइजर्सले २० ओभरमा ६ विकेट गुमाएर २३१ रन बनायो। ईशान किशनले अविजित ९४ रन बनाए। उनले ४८ बल खेलेर ७ वटा चौका र ५ वटा छक्का लगाए। यसबाहेक अभिषेक शर्माले ३४, अनिकेत वर्माले २६ र हेनरिक क्लासेनले २४ रनको योगदान दिए। आरसीबी-का बलरहरूमा रोमारियो शेफर्डले २ विकेट लिए। जवाफमा आरसीबी १९.५ ओभरमा १८९ रन बनाएर अलआउट भयो। फिल सल्ट र विराट कोहलीको ओपनिंग जोड़ीले ८० रनको पार्टनरशीप गरी असल शुरुवात दिलाए पनि पछिबाट लगातार विकेटको पतनले गर्दा टीम लक्ष्यसम्म पुग्न सकेन। सल्टले ३२ बल खेलेर ५ वटा छक्का र ४ वटा चौकाको साथ सर्वाधिक ६२ रन बनाए। यसबाहेक कोहलीले ४३ र जितेश शर्माले २४ रनको योगदान दिए। सनराइजर्सका बलरहरूमा कप्तान प्याट कमिन्सले ३ र एशान मलिंगाले २ विकेट लिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement